पोखरा । डागर स्मृति पुरस्कार २०७८ बाट डा. तुलिका दुवे र २०७९ बाट साहित्यकार सुमलकुमार गुरुङ पुरस्कृत हुने भएका छन्।
डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवम् सम्मानित गर्दै आएको छ।
२०७८ सालको पुरस्कार कोरोनाका कारणले रोकिएकोमा दुई वर्षको पुरस्कार एकै साथ अर्पण गर्न लागिएको प्रतिष्ठानका पूर्व अध्यक्ष हिरादेवी बास्तोलाले जानकारी दिइन्।
उक्त पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, सोनाम साङ्पो, गोविन्दराज पहारी, साहित्यसेवातर्फ आर.एम. डंगोल, भीम रानाभाट तथा संस्थातर्फ हिमाली सांस्कृतिक परिवार, मानवसेवा आश्रमलगायतका दर्जन ज्यादा व्यक्ति तथा संस्था पुरस्कृत भइसकेका छन्। साथै प्रतिष्ठानले समाजमा विशेष योगदान पुर्याएका समाजसेवी तथा साहित्यसेवी प्रतिभालाई विशेष सम्मान अर्पण गर्दैै आएको छ।
पुरस्कारको राशि १० हजार पाँच सय नगदसहित सम्मानपत्र र दोसल्ला रहेको प्रतिष्ठानका सचिव सुमन श्रापितले जानकारी दिए।
डागर स्मृति पुरस्कार २०७८ बाट पुरस्कृत हुन लागेकी डा तुलिका दुवे नाक, कान, घाटी र क्यान्सर रोग विशेषज्ञ हुन्। विगत सात वर्षदेखि फेवासिटी हस्पिटलमा कार्यरत डा. दुवे विभिन्न स्वयमसेवी संस्थामा सामाजिक व्यक्तित्वका रूपमा परिचित छन्। नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरेकी दुवेले क्यान्सरको फेसोलिफ भारतबाट पूरा गरेकी छन्।
डागर स्मृति पुरस्कार २०७९ बाट पुरस्कृत हुन लागेका सुमलकुमार गुरुङ समाजसेवी र साहित्यसेवी छवि बनाएका व्यक्तित्व हुन्। उनका दर्जनको संख्यामा विभिन्न कृति प्रकाशित छन्। मेजर अर्जुनको औँठी उनको सर्वाधिक लोकप्रिय र अनेसासबाट उत्कृष्ट कथाकृतिका रूपमा पुरस्कृत कृतिसमेत हो। दर्जनौं सम्मान पुरस्कारबाट विभूषित गुरुङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायतका पूर्व अध्यक्ष र हालका केन्द्रीय सल्लाहकार हुन्।
पुरस्कार राजन पराशर डागरको २१ औं डागर स्मृति दिवस अर्थात् ऋषि पञ्चमीका दिन अर्पण गरिने प्रतिष्ठानकी अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ