पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिले बधाई ज्ञापन तथा सम्मान गरेको छ।
मिलन डी.जी. इन्टरनेशनल प्रालिको आयोजना तथा मिलन फाउण्डेशन नेपाल, मिलन वल्र्ड डट न्यूज र मिलन ट्रष्टको सह–आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित तमु कलाकार संघ, गण्डकीका पदाधिकारी र कार्यसमिति सदस्यलाई सम्मान गरिएको हो।
सो अवसरमा सम्मान गर्दै नेकपा (माओवादी केन्द्र), गण्डकी प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ “कुसुम”ले तमु कलाकारलाई गरिएको सम्मान तमु कला, संस्कृतिको संरक्षणका लागि जिम्मेवारी दिएको रुपमा लिनुपर्ने बताइन्। अब नीतिगत कुरा मात्र नभइ व्यवहारमा काम हेर्न चाहेको जनाउँदै उनले समृद्धि भनेको बाटो बन्नु मात्र नभएको बताइन्।
कला, संस्कृतिको संरक्षण र विकासले मात्र समृद्धिलाई सार्थक बनाउने भन्दै प्रमुख सचेतक गुरुङले कला, संस्कृतिको संरक्षणमा तमु कलाकारको महत्वपूर्ण भूमिका रहेको बताइन्। गण्डकी प्रदेश सरकार समृद्धिको यात्रामा रहेको भन्दै गुरुङले सर्वाङ्गीण विकासका लागि प्रदेश सरकारले काम गरिरहेको दाबी गरिन्।
त्यस्तै, सम्मानितको तर्फबाट बोल्दै तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारको दुःख, सुखमा तमु कलाकार संघ सधैं साथमा रहेको बताए। समाजसेवी दुर्गा गुरुङ “मिलन” र मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङले तमु कलाकार संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै नवनिर्वाचित अध्यक्ष गुरुङले यो सम्मानले थप हौसला र जिम्मेवारी थपिएको बताए। तमु जातिको कला, संस्कृतिको संरक्षण र विकृति, विसंगतिको अन्त्यका लागि तमु कलाकार संघ, गण्डकीले विशेष जोड दिएको उनले बताए।
मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मिलन डी.जी. इन्टरनेशनल प्रालिका मिडिया संयोजक रूद्रबहादुर श्रीसले पनि बोलेका थिए। कार्यक्रममा तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङसहित वरिष्ठ उपाध्यक्ष माया गुरुङ, उपाध्यक्ष विक्रम गुरुङ, महिला उपाध्यक्ष इन्द्रा गुरुङ, महासचिव टसबहादुर गुरुङ, सचिव नेत्र गुरुङ, महिला सचिव ज्योति गुरुङ, सह–सचिव डबिन गुरुङ, कोषाध्यक्ष सविना गुरुङ, सह–कोषाध्यक्ष दिलु गुरुङ सम्मानित भएका हुन्।
त्यसैगरी, विदेश विभाग प्रमुख गौरी गुरुङ, सांस्कृतिक विभाग प्रमुख सविन गुरुङ, अतिरिक्त विभाग प्रमुख ओम गुरुङ, महिला विभाग प्रमुख रविना गुरुङ, सचिवालय सदस्यहरू पूजा गुरुङ, रामप्रसाद गुरुङ, मीना गुरुङ, रनु गुरुङ, संगीता गुरुङ, ममता गुरुङ, सीता गुरुङ, धनप्रसाद गुरुङ, रोशन गुरुङ, सुनिमा गुरुङ, युमिन्द्रा गुरुङ (युविन) र काजी गुरुङ सम्मानित भएका छन्।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’