१४ वर्षीय छोराले गरे आफ्नै बुवाको हत्या

१४ वर्षीय छोराले गरे आफ्नै बुवाको हत्या

Hatyaa

सांकेतिक तस्विर

पाल्पा । पाल्पामा छोराले बुवाको हत्या गरेका छन्।

पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन्।

पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए। तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको बताइएको छ।

प्रहरीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ