पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आत्मनिर्भर अर्थतन्त्रको लागि बस्तु उत्पादन गर्नुपर्ने बताएका छन् । पोखरा १८ सराङकोटमा रहेको हरिवंश बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरामा सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्रीले उक्त कुरा बताएका हुन् ।
रेमिट्यान्सबाट भित्रिएको पूंजिलाई नेपालमा उचित ढंगले सदुपयोग गर्न सहकारीहरुले कम्तिमा पनि ३० प्रतिशत कृषि र उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । कृषि प्रधान देश नेपालमा वस्तु आयातलाई रोक्न पनि कृषिलाई पहिलो प्रथामिकता दिंदै वस्तु उत्पादनमा सवैको जोड हुनुपर्ने उनको भनाई थियो । हरेक सहकारीहरुले कम्तिमा पनि एक उत्पादन हुने गरी उत्पादन गर्न सुझाव दिंदै मन्त्री बरालले हरिवंश सहकारीलाई कम्तिमा पनि एउटा कुटिर उद्योग संचालन गर्न आग्रह गरे । मुलुक बनाउन अब नयाँ संकल्प गर्नुपर्ने मन्त्री बरालले बताए ।
उक्त कार्यक्रममा सहकारीका शेयर सदस्यहरु मध्य पोखरा महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दीवसमान प्रधानाङग, पोखरा १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनालाई समेत सम्मान गरिएको थियो । वडा अध्यक्षहरुलाई मन्त्री बरालले सम्मान गरेका हुन् । त्यसैगरी सम्मानित हुनेहरुमा ज्येष्ठ सदस्यबाट चुडामणी तिमिल्सिना, असल बचतकर्ता इन्दु शर्मा रेग्मी र असलऋणी सरस्वती शर्मा अधिकारी रहेको सचिब पुर्णाखर तिमिल्सिनाले बताए ।
संस्थाका अध्यक्ष तारा तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संरक्षक रुद्र प्रसाद तिमिल्सिना, महिला साना किसानका प्रबन्धक इन्द्रा थापा पोखरा वेशी सहकारीका अध्यक्ष नारायण पहारी, नेपाली कागेंस नेता नारायण खड्का, एमाले नेता अरुण थापा लगायतले वोलेका थिए । ३ सय ६७ जना शेयर सदस्य रहेको उक्त सहकारीमा २ करोड ११ लाख ८३ हजार शेयर पूजी रहेको व्यवस्थापक गणेश तिमिल्सिनाले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह