काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामकासाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ ।
एक सातासम्म मनाइने यस पर्वमा आज शुक्रबार मुख्य दिन कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्नुका साथै पूजा गर्ने जनाइएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ ।
सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’