काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामकासाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ ।
एक सातासम्म मनाइने यस पर्वमा आज शुक्रबार मुख्य दिन कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्नुका साथै पूजा गर्ने जनाइएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ ।
सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।
सम्बन्धित खबर
बझाङको प्रदेशमा एमालेलाई अग्रता, स्थानीय चुनाव हारेका ठाममा पनि अग्रता
गनेका मतमध्ये झण्डै आधा एमालेका सुहाङलाई
इलाम-२ मा अघि अघि सुहाङ नेम्बाङ, जित्ने दाबी गरेका मिलन चौथो स्थानमा
आजदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
आज देशभरको मौसम कस्तो रहन्छ?
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग