पोखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाई गरेकाले समस्या भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन समेत दिए ।
उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नु पर्ने बताए ।
उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।
प्रेस सेन्टर नेपालको गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्री गुरुङ, पोलिटव्युरो सदस्य राजकाजी गुरूङ, पोलिटव्युरो सदस्य किशन शर्माको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरू शुरेशचन्द्र अधिकारी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, त्रिभुवन पौडेल, प्रदेश महासचिव सन्तोष पौडेल सहितका पदाधिकारी र प्रदेश तथा जिल्लाका नेताहरूको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?