पोखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाई गरेकाले समस्या भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन समेत दिए ।
उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नु पर्ने बताए ।
उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।
प्रेस सेन्टर नेपालको गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्री गुरुङ, पोलिटव्युरो सदस्य राजकाजी गुरूङ, पोलिटव्युरो सदस्य किशन शर्माको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरू शुरेशचन्द्र अधिकारी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, त्रिभुवन पौडेल, प्रदेश महासचिव सन्तोष पौडेल सहितका पदाधिकारी र प्रदेश तथा जिल्लाका नेताहरूको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन