पोखरा । पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले यस बर्ष पनि सरसफाई गरेको छ । क्लवले आफ्नो २४ औं बार्षिकोत्सवको अवसरमा मंगलबार पृथ्बी बसपार्क क्षेत्रमा बृहत सरसफाई गरेको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।
सरसफाई कार्यक्रममा पोखरा ९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै उनले क्लवले निरन्तर रुपमा समाजिक कार्यमा लाग्दै आहा रारा गोल्ड कप संचालन गर्दै आएमा प्रशंसा गरे ।

कार्यक्रममा पृथ्बीचोक बसपार्क टोल विकास संस्था, सत्यश्वर आमा समुह, स्थानिय होटल व्यवसायी, क्लवका पदाधिकारी, सदस्य सहित स्थानियको सहभागिता रहेको सचिब सुनिल रानामगरले बताए । पोखरा महानगरका सरसफाई शाखाका नासु हर्क गायक सहितको टोलीको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
यसैबिच, क्लवले आज (बुधबार) क्लवको परिसरमा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
क्लबले यहि भदौ ३० गते साधारण सभाको कार्यक्रम तय गरेको छ । उक्त अवसरमा खेल पत्रकार नारायण शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार बाट पुरस्कृत गर्ने भएको हो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’