पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णय गरेको छ।
प्रदेशको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली कांग्रेसलाई विजयी गराउनको लागी नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक संस्थाले खेल्नुपर्ने भुमिकाका विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको कार्यसमितिको वैठकमा छलफल तथा विविध निर्णय गरेको हो।
गण्डकी प्रदेशलाई समृद्धि प्रदेश निर्माण गर्ने उद्देश्य पुरा गर्न र निर्वाचन गतिविधिहरुलाई प्रभावकारी बनाउन आर्थिक परिचालन समिति संयोजकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, घोषणा पत्र तयारीमा महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र प्रचार–प्रसार समितिमा किरणबावु श्रेष्ठलाई संयोजक तोकिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए।
साथै, विपी स्मृति पुस्तकालय संचालन समितिको संयोजकमा प्रा.डा.कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)लाई तोक्ने निर्णय गरिएको छ।
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेश द्वारा तयार गरिने घोषणापत्रमा गण्डकी प्रदेश मातहतका जिल्लाहरुवासीको जिवन स्तर परिवर्तनका लागि समस्या र समाधान समेटी सम्बोधन गरिनुपर्ने विषयवस्तुका बारेमा जिल्ला कार्यसमितिहरुसँग राय सुझाव माग गर्ने समेत निर्णय गरेको छ।
यसैगरि बैठकले नेपाली कांग्रेस गण्डकी प्रदेश समितीले जनतालाई अप्ठ्यारो पर्ने गरि ल्याएको करमा पुनर्वलोकन गर्न गरेको निर्देशनलाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेकोमा धन्यबाद व्यक्त गरेको छ।
गण्डकी प्रदेश सरकारले जनभावनामा असर पार्ने गरि कर बढाएपछि नेपाली कांग्रेस गण्डकी प्रदेशले तत्कालै विज्ञप्ती जारी गरि प्रदेशका मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाएको थियो र प्रदेश सभापति शुक्रराज शर्माले जनताको ढाड सेक्नेगरी कर बढाएकोमा आपत्ति व्यक्त गर्दै तुरुन्त समाधान गर्न अनुरोध गरेका थिए।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’