पोखरा । पोखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ। पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ।
पोखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको हो ।महानगर उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा अनुगमन गरिएको हो।
अनुगमन अन्तर्गत आज बुधबार पोखरा २६ र २७ का पाँच वटा खाद्य पसलमा अनुगमन गरेको छ। अनुगमनमा मुल्यसुचि नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघे खाद्य सामग्री र नापतौल दर्ता र नवीकरण नभएका फेला परेको अनुगमनमा सहभागी महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिए। अनुगमनमा छ पसलका सञ्चालनलाई सम्पूर्ण कागजपत्र सहित महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय तिनदिनभित्र उपस्थित हुन तारिख दिइएको जानकारी पौडेलले दिए।

अनुगमनमा पोखरा २६ को राखि सप्लायर्सबाट म्याद नाघेको फेन्टा ७, मम मसला एक गरि ८२५, सेम्सा डिपार्टमेन्ट स्टोर्सबाट फेन्टा चार र फुट कलर २ गरि ३१०, बिबिटि जनरल स्टोर्स प्रालिलाई तिनदिनभित्र नापतौल कार्यालयमा उपस्थिति हुन म्याद दिइएको छ।
त्यस्तै पोखरा २७ को थापा स्टोर्समा ढक तराजु दर्ता र नविकरण नगरेको, झोल सावुन र रसगुल्ला म्याद नाघेको २२२० रुपैया बराबरको नष्ट गरिएको छ। वडा नम्बर २७ कै डागन मार्ट प्रालिले पुजि कम राखि राजस्व कम तिरेको पाईएको अनुगमन समितिले जनाएको छ भने म्याद नाघेको कनफेक्स नष्ट गरिएको छ। पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पसल सञ्चालन गर्दा दर्ता गरेर बैधानिक रुपमा सञ्चालन गर्न सबै वडा बासिलाई अनुरोध गरेका छन्। उनी जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेका छन्।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय, वडाका जनप्रतिनिधि र उपभोक्ता मञ्च र पत्रकारको सहभागीता रहेको थियो।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु