हेमजा । ग्राम प्रकाश आधारभूत बिद्यालय पोखरा २५ हेमजालाई शौचालय निर्माणका लागि सहयोग प्राप्त भएको छ । नेपाल जापान एजुकेशन सपोर्ट क्लबले ८ लाख ९० हजार सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल जापान एजुकेशन सपोर्ट क्लबका संरक्षक किन्जो यामासिताले सहयोग गरेको ४ बिद्यालय मध्य धेरै बिद्यार्थी भएको बताउदै पढाइमा मात्र नभइ खेलमा पनि अघि लैजानु पर्ने उल्लेख गरे । उनले नेपाल आउन लागेको ३४ बर्ष भए पनि कोरोनाको कारण नेपाल नआएको ३ बर्ष भएको बताए । मनु हिराचनले किन्जो यामासिताद्वारा जापनिज भाषामा गरिएको सम्बोधनलाई नेपाली भाषामा उल्था गरिन् ।
उक्त अवसरमा नेपाल जापान एजुकेशन सपोर्ट क्लबका संरक्षक किन्जो यामासिता, नेपाल जापान एजुकेशन सपोर्ट क्लबका नेपाल प्रतिनिधि सुनिल हिराचनलाई सम्मान गरियो । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण प्रसाद पौडेल, बिद्यालय ब्यवस्थापन समितिका सदस्य शिबलाल पौडेल, शिक्षक, बिद्यार्थी लगायत अभिभावकको उपस्थिति रहेको थियो । बिद्यालयमा १६८ बिद्यार्थी रहेका छन् ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दल बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्र.अ मनोहर तिमिल्सिनाले र सञ्चालन शिक्षक प्रेमबहादुर कुँवरले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन