पोखरा । प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार-२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ ।
पूणर् प्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो ।
युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।
पुरस्कार राशि २५ हजार ५ सय २५ रुपैयाँ र सम्मानपत्र छ । सो पुरस्कार एक कार्यक्रमबीच वितरण गरिनेछ । ३ लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक २ वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ ।
युनियन कास्कीका निवर्तमान अध्यक्ष सिग्देलले। यसअघि स्व. गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार, अपराध अन्वषण पत्रकारिता पुरस्कार, जिल्ला विकास समिति कास्कीको उत्कृष्ट पत्रकार पुरस्कार, उत्कृष्ट आलेख पत्रकारिता पुरस्कार र स्व. सागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।
पत्रकारितामा पुर्याएको योगदानको कदरगर्दै सिग्देललाई करिब तीन दर्जन समाजिक संघ संस्थाले सम्मान गरिसकेका छन् ।
उनी ०५५ सालदेखि पत्रकारितामा क्रियाशील रहेका थिए । सानै उमेरमा आफ्नै पहलमा पत्रिका प्रकाशित गरी पत्रकारितामा होमि का सिग्देलले पत्रकारिता र राजनीतिलाई सन्तुलित गर्दै आएका थिए ।
उनले करिब लगातार १९ वर्षसम्म पोखराबाट प्रकाशित आदर्श समाज दैनिकमा आवद्व रहेका थिए ।
उनले पोखराको बाराही एफ.एम, हिमचुली एफ.एम सँगै नेपाल एफ.एम नेटवर्क, राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिक र तराइ टेलिभिजन लगायतका संचारमाध्यममा पनि काम गरेको अनुभव रहेको छ ।
हाल उनले राष्ट्र न्यूज डट कममा आवद्व रहेका छन्। विश्व प्रकाश सिग्देल र प्रभादेवी सिग्देलका जेठा छोरा सिग्देल पोखरा १३ निवासी हुन् ।यसअघि सो पुरस्कार पत्रकार राज बहादुर गुरुङ र हिमनिधि लौडारीलाई प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन