पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ९ मा एमालेको ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ ।
शुक्रवार कास्की निर्वाचन क्षेत्र न २ (२) अन्तर्गत पोखरा ९ मा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटिको कार्यालय उद््घाटन गर्दै निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो ।
कार्यक्रममा मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि कास्की २ (२) बाट एमाले उम्मेदवार मिना गुरूङले विकासको खाका एमालेसँग मात्रै भएको बताउँदै बीचमा भएको सरकार परिवर्तनले सो योजना पूरा गर्न नपाएको उल्लेख गरिन् । अवको निर्वाचनमा निर्वाचित भएर आएपछि ति योजना पूरा गर्ने उनको दृढता छ ।
उनले विकासको छलाङ्ग मार्ने योजना सहित उम्मेदवारी दिएको बताइन् । उम्मेदवार गुरुङले एमालेले कहिल्यै जनताका माझ झुट नबोल्ने र बोलेका कुरा पूरा गरेरै छाड्ने उल्लेख गरिन् ।
एमाले सधै जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउने योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रव्रद्र्वन, युवा महिला दिदिबहिनीहरुको विकासका लागि लागेको भन्दै समुन्नत गण्डकी प्रदेश र उत्कृष्ट कास्की जिल्ला बनाउने सपना पूरा गर्नको लागि गुरूङले सुर्यमा मतदान गर्न आग्रह गरिन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालियर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे ।
कार्यक्रममा कास्की क्षेत्र नम्बर २(२) संयोजक दानबहादुर वाँनिया, उप संयोजक भेषराज पराजुली पोखरा नगर कमिटीका सचिव जिवन आचार्य लगायतका नेताहरूले एमालेको विजयका लागि गर्नुपर्ने जिम्मेवारीको सम्बन्धमा बोलेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु