पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ ।
निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् । त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्धेश्यले मिडिया एक्शन नेपालले देशका सात वटै प्रदेशमा विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारका लागि निर्वाचनमा निष्पक्ष रिपोर्टिङ तथा दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशालाको आयोजना गर्यो ।
विभिन्न चरणमा असोज १२ देखि सुरु भएको एक दिने प्रदेश स्तरीय कार्यशालाको अन्तिम दिन शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भयो । कार्यशालाका सहजकर्ता तथा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारले विशेषत् निर्वाचनको समयमा समाचारको तथ्य जाँच पटक पटक गर्नु पर्नेमा जोड दिए । उनले निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारलाई माध्यम बनाएर आफ्नो प्रचारप्रसार गर्न सक्ने भएकाले पत्रकार अझ बढी चनाखो बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले निर्वाचनको समयमा पत्रकार कुनै प्रलोभनमा नपरी सत्य समाचार बाहिर ल्याउनु पर्ने बताइन् । अहिलेसम्मको निर्वाचनमा गण्डकी प्रदेशमा अमर्यादित तथा भ्रामक किसिमका समाचार सम्प्रेषण कमै हुने गरेको दाबी गर्दै उनले पत्रकारिताको आचारसंहिता भित्र रहनुपर्नेमा सचेत गराइन् ।
मिडिया एक्शन नेपालका सचिव गणेश घिमिरेले पत्रकारले मानव अधिकारको मुद्धामा संवेदनशील र सन्तुलित भएर रिपोर्टिङ गर्नुपर्ने बताए ।
यस्तै कार्यशालाका सहजकर्ता मानवअधिकार विशेषज्ञ सन्तोष क्षेत्रीले डिजिटलाइज्ड समयमा पत्रकारका कारण दुष्प्रचार तथा द्धेष सजिलो संग फैलन सक्ने जोखिम भएकाले शब्द चयन तथा समाचारको दृष्टिकोणमा संवेदनशील हुन पत्रकारलाई आग्रह गरे ।
सहभागि पत्रकार सुमन गुरुङले निर्वाचनमा राजनीतिक दल र भोट मात्र नभइ निर्वाचनका अन्य मुद्धामा पनि लेख्ने बताउदैं निष्पक्ष रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाए । यस्तै रिना थापाले कार्यशाला फलदायी भएको भन्दै दुष्प्रचार हुनसक्ने जोखिमबाट सचेत भइ रिपोर्टिङ गर्ने बताइन् । कार्यशालामा २० जनापत्रकारको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन