पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म आजदेखि चार दिने मोटर र्याली गर्ने भएको छ ।
‘टुगेदर फर लोकल टुरिजम’ मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७ (आज) देखि २० गते शनिबारसम्म र्यालीको आयोजना गर्ने भएको हो ।
कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरलानाका, लोमान्थाङ, मार्फा, जोमसोङलगायतका ठाउँहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ र्यालीको आयोजना गर्न लागिएको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।
यसका साथै र्यालीले स्थानिय उत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस)को प्रवद्र्धन लगायतमा पनि सघाउन पुग्ने अध्यक्ष मल्लले बताए ।
र्यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुले सहभागिता जनाउँदै छन् । पोखरा–कोरलानाका सम्म हुने र्यालीमा २५ बढी गाडीमा उनीहरुको सहभागिता रहनेछ ।
र्यालीका समयमा हुने जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडीमा समस्या आएमा गाडी बनाउनका लागि ईञ्जिनियर र मेकानिक्सको टिम सँगै रहनेछन् । र्यालीका लागि विभिन्न ठाउँ छुट्याएर प्वाईन्ट तोकिनेछ । एक प्वाईन्टबाट अर्को प्वाईन्टमा पुगेपछि आराम गर्नका लागि ईन्टरभलको समय छुट्याईने व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ ।
संस्थाले विगत केही समयदेखि मोटर र्याली आयोजना गर्दै आएको छ ।
सन् २००३ मा स्थापित गैर नाफामुलक सामाजिक संस्थाका रुपमा स्थापित संस्थाले युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलता तर्फ लाग्न प्रेरित गर्ने, युवा उद्यमीहरु बीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसीपलगायतका कार्यहरु गर्दै आएको छ ।
संस्थामा देशका १२ वटा सहरका ७ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ