आफ्नै बाबुले गरे दुई वर्षीया छोरीको हत्या

आफ्नै बाबुले गरे दुई वर्षीया छोरीको हत्या

baby

ओखलढुंगा । ओखलढुंगामा दुई वर्षीया बालिकाको हत्या भएको छ।

सिद्धिचरण नगरपालिका–३ अधेरीमा सोमबार राति बुबा ३७ वर्षीय राजेन्द्र राईले खुकुरी प्रहार गरी आफ्नै छोरी दुई वर्षीया रितिका राईको हत्या गरेका हुन्।

राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।

राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको प्रहरीले जनाएको छ। घाइते दुवैको सामुदायिक अस्पताल सोबरुमा उपचार भइरहेको छ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds