पोखरा । निधारमा त्रिपुण्ड टीका । गलामा गेरु रंगको गलबन्दी । झट्ट हेर्दा अरुण गिरी कुनै हिन्दु पुजारी हुन् कि जस्तो लाग्छ ।
तर त्यसो होईन । अरुण गिरी त यतिबेला यहि हुलियामा कास्की क्षेत्र नम्बर २ २ मा पर्ने विभिन्न वडामा राप्रपाको पक्षमा मत मागिरहेका छन् । राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न उनले मतदाताहरुलाई आग्रह गरिरहेका छन् । कारण, उनी यही क्षेत्रका लागि राप्रपाका उम्मेदवार हुन् ।
हुलियाकै कारण गिरी अन्य दलका उम्मेदवारहरुभन्दा फरक लाग्छन् । यस्तो हुलियोको अवधारणा कसरी आयो ? अरुण गिरी भन्छन् -‘खासगरि मेरो यस्तो गेटअपको अवधारणा हाम्रो पार्टी राप्रपाको मान्यतासँग मिल्छ । त्यसैमाथि मैले वैदिन सनातनी धर्महरुको सम्मानमा यस्तो गेटअप निर्माण गरेको हुँ । त्रिपुण्ड टिकाले हिन्दु धर्मको विशेषता झल्काउँछ भने गेरु गलबन्दीले सबै सनातन धर्महरुको प्रतिनिधित्व गर्छ ।’

उम्मेदवार गिरीले सनातन हिन्दु धर्मको प्रभाव र आकर्षण युवा पुस्तामा पनि होस् भन्ने हेतुले आफूले यस्तो शैली अपनाएको बताए । ‘अहिलको युवापुस्ता विदेशी स्टाईललाई मात्रै मोर्डन मान्छ । तर हाम्रो आफ्नै सँस्कारलाई पनि हामीले हाम्रो स्टाईल बनाउन सकिन्छ भन्ने एउटा सन्देश दिन पनि खोजेको हुँ ।’ गिरीले भने -‘त्योसँगै त्रिपुण्ड टिका लगाउँदा तनाव कम हुने वैज्ञानिक कारणले पनि रहेकोले मैले यसलाई निरन्तरता दिएको हुँ ।’ आफ्नो गेटअपकै कारण मतदाताहरुले आफूप्रति अझै बढि विश्वास देखाएको अरुणको अनुभव छ ।
त्रिपुण्ड र गेरु गलबन्दी धारणले आफ्नो व्यक्तित्व पनि प्रदर्शन गर्ने गिरीको भनाई छ । उनी सोँच र व्यवहारमा प्रस्ट भएको देखाउनका लागि पनि यस्तो गेटअपमा देखिएको दाबी गर्छन् ।

आम सर्वसाधारण नागरिकका दुख, पीरमर्का, अविकास र अव्यवस्थाले भोग्नुपरेको समस्या समाधान गर्नका लागि आफूले राप्रपाबाट उम्मेदवारी दिएको अरुण गिरी बताउँछन् । धर्म सँस्कारको बचाऊ गर्दै मौलिक खालको विकास र सम्बृद्धि उनको चुनावी एजेन्डाहरु हुन् । युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने र उनीहरुको लागि रोजगारी सृजना गर्ने वातावरण निर्माण गर्न आफू राजनीतिमा होमिएको गिरीको भनाई छ । चुनावी घरदैलोको क्रममा यतिबेला उनी आफ्नो क्षेत्रका विभिन्न वडा र टोलहरुमा पुगिरहेका छन् । मतदातासँग भेटेर उनीहरुको गुनासोहरु सुनिरहेका छन् । ‘जनतामाझ पुगिरहँदा मैले उहाँहरुबाट ठुलो साथ र समर्थन पाईरहेको छु । मेरा चुनावी एजेन्डाहरुप्रति जनताले अपनत्व देखाएका छन् ।’ अरुण भन्छन्।

यो बीचमा अरुण आफ्नो क्षेत्रमा पर्ने पोखरा महानगरपालिकाको वडा नम्बर ११,१६,२० र ८ मा घरदैलो सकाईसकेका छन् । भुगोल सुहाउँदो विभिन्न २४ बुंदे एजेन्डासहित आफ्नो पक्षमा मत मागिरहेका गिरीप्रति मतदाताको चासो दिनप्रतिदिन बढिरहेको छ । घर घरमा पुग्दा मतदाताहरुले युवा र काम गर्ने जोश जाँगर सहित आएको उम्मेदवारलाई आफूहरुले मत दिएर सघाउने वचन दिएका छन् ।
राजनीतिमा सक्रिय रुपमा लागेको केही समयमै राप्रपाले गिरीलाई चुनावको टिकट दिएको थियो । उनी पार्टीले दिएको जिम्मेवारीलाई कुनैपनि हालतमा सफल बनाउने अभियानमा छन् । उनको यो अभियानमा पार्टी र कार्यकर्ताहरुले पनि उत्तिकै साथ दिएका छन् । ‘उम्मेदवारको हिसाबले पहिलोपटक म चुनावमा होमिँदै छु । जनतामाझ पुगिरहँदा मलाई उहाँहरुको अभूतपुवर्त समर्थन मिलेको छ । एक हिसाबले भन्ने हो भने मैले जनताको मन जितिसकेको छु । र, चुनाव पनि जितिसकेको छु ।’ गिरीले भने -‘अंकगणितको हिसाबकिताब भने मंसिर ४ पछि होला ।’

गिरीले मतदाताहरु ठुला भनिएका पार्टीहरुबाट जनता वाक्कदिक्क भैसकेको बताए । आफूले घरदैलोको क्रममा सुनेको जनगुनासोमार्फत अझै यो विषयमा छर्लंग भएको गिरी बताउँछन् । उनी भन्छन् जनताले त्यहि धोका दिने दलहरुलाई मत दिनेवाला छैनन् । जनता अहिलेको व्यवस्थासँग पनि खुशी छैनन् । साँच्चै नै यो पटक मतदाताले मत परिवर्तन गर्ने वाला छन् । र, यसको शुरुवात भैसकेको छ । गिरीले यो पटक पोखराले देशव्यापी रुपमा उदाहरण बनेर देखाउने दाबी गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन