पोखरा । गण्डकी प्रदेश सभा कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् ।
गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् ।
स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हुन् ।
थापाले तत्कालै गर्दा आचारसंहिता लाग्ने भन्दै निर्वाचन पश्चात महानगरपालिकासंग समन्वय गरेर समस्याको समाधान गर्ने सुनाए । ‘महानगरमै सार्वजानिक यातायात नआउनु दुःखद् कुरा हो । महानगरवासीलाई सुख र सेवा दिनु हाम्रो दायित्व हो । यो काम म मंसिर ४ पछि जितेपनि हारेपनि गर्नेछु’ थापाले भने,‘यहाँ धेरै समस्या छन् । हामी प्याकेजमा विकासका योजना अघि बढाउने छौं । खानेपानीदेखी यहाँको कृषि र पर्यटनलाई विशेष जोड दिनेछौं ।’ पोखरा बजारबाट नजिकै रहेको काहुँ डाँडा निकै रमणीय रहेको र उक्त कुराको फाइदा लिन स्थानीय र प्रदेश सरकारले नसकेको बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति निमार्ण तथा ऐन कानून बनाउमै वितेको बताउँदै अबको पाँच वर्ष पुर्ण विकासका लागि मात्रै रहेको सुनाए । थापाले काहुँबासीलाई मणिपाल अस्पताल र भलाम जानका लागि सहज हुने किसिमले मणिपाल शिक्षण अस्पतालसँग समन्वय गरी बाटो खुलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
‘विकासका उज्याला किरणले काहुँलाई छुनेछ’
थापाले काँहुडाँडाको समस्या समाधान गर्ने बताए । गठबन्धनका साझा उम्मेदवार थापाले शुक्रबार काहुँडाँडामा घरदैलो गर्दै जनताको समस्या सुनेपछि विकासका योजनालाई प्याकेजको रुपमा अघि बढाइने बताए ।
उनले पोखरा बजार क्षेत्रबाट अत्यन्तै नजिक रहेको काहुँ प्राकृतिक हिसाबले निकै रमणीय स्थान भएपनि विकासका हिसाबले पछि परेको सुनाए । उनले काहुँडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी सरकारमा जाँदा धेरै काम गर्न सक्छौ । यहाँ खानेपानीको समस्या छ, त्यो समस्या समाधान हुनेछ । काहुँमा प्याकेजको हिसाबबाट विकासका उज्याला किरण लिएर आउने छु’, थापाले भने,‘तपाईंहरुको साथ र सहयोग बोकेर अघि बढ्नेछु । यो निकै रमणीय ठाउँ छ । पर्यटन र कृषिमा जोड दिदैँ तपाईंहरुको समस्या र मनोआकांक्षा बुझेर नै काम गर्नेछु ।’
स्थानीय वामदेव प्रसाद आचार्यले जनताको अड्केको काम पुरा गर्न थापालाई सुझाव दिए । उनले काहुँवासीको अपेक्षा र आशा थापामाथि नै रहेको सुनाउँदै जनतालाई फर्केर हेर्न आग्रह गरे ।
‘जनताको अड्केको काम पुरा गर्नुस् । तपार्इं आजमात्र होइन् सँधै आउनुहुन्छ भन्ने विस्वास हामीलाई छ । जनतालाई फर्केर हेर्नुस अनि विकास गर्नुस् शुभकामना छ’, उनले भने ।
थापाले आफु जनताकै लागि उम्मेदवारी दिएको बताउँदै जनताको सेवामा हिजोका पाँच वर्षमा लागेको र अब पनि निस्वार्थ भावनाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले खानेपानीका लागि अब धेरै समय काहँुबासीले खानेपानीको समस्या खेप्नु नपर्ने बताए । उनले पाँच वर्ष प्रदेशको नीति नियमदेखी संरचना बनाउन व्यतित गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका लागि खर्च गर्ने बताए । साथै थापाले आफु विजयी भएर गएमा सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो