पोखरा । कास्की क्षेत्र नं. २ (ख) बाट एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् ।
शुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिदै अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् । उनले भनिन्, ‘सधैं अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’
अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गरिन् । महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना भएको उनको भनाई छ ।
उम्मेदवार गुरुङले भनिन्, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदै छ । एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ ।’
कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिने बताईन् । उनले कास्कीका समस्या सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई पूरा गर्ने वाचा गरिन् । उनले भनिन्, ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम ग¥यौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो ।’
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु