आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेद वहादुर गुरुङ ‘श्याम’ मतदाताका समस्या बुझ्न र आफ्नो ५ वर्षे योजना सुनाउन बिहीबार पोखरा २८ पुगेका छन् । घरदैलो गर्दै पोखरा २८ का विभिन्न स्थानहरुका मतदाहरुमाझ पुगेका गुरुङले आफु निवार्चित भएपछि सो क्षेत्रको समस्या समाधान गर्ने वाचा गरे ।
पोखरा २८ का माझठाना, कालिका, भुर्तेल गाउँ,स्याङखुदी, बास्तोला गाउँ, कर्णेल गाउँबासीले आफ्नो वडा भित्र खानेपानी, ढल नाला लगायत व्यावासायिक कृषि उत्यादन तथा बजारीकरण गर्न समस्या भएको सुनाए । स्थानिय गंगामाया बरालले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्न आग्रह गरिन् । ‘पहिला बाटोको समस्या निकै थियो। हिउँदमा धुलाम्मे अनि बर्खामा हिलै हिलो हुन्थ्यो । महानगरमा एमालेको सरकार बनेपछि बाटो पिच बन्यो। चाक्लो बन्यो’ । बरालले भनिन्,’ अब बाँकी समस्या समाधान गरिदिनु। भोट एमालेलाई नै।’
उम्मेदवार गुरुङले मतदाताहरुको गुनासो सुनेपछि समस्या समाधान गरि उक्त क्षेत्रको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाए। उनले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पाटी सधैं लाग्ने विश्वास व्यक्त गरे । त्यस्तै, पोखरा २८ पर्यटकिय सम्भावना बोकेको ठाउँ भएको र त्यहाँका पर्यटकिय स्थलहरुको उजागार पर्नु समेत बताए । ‘ यहाँको प्राकृतिक सुुन्दरता अझै पनि गुमनाम छ । प्रचारप्रसार र संरक्षण हुन नसक्दा उपयोगमा आउन सकेका छैनन्।’ गुरुङले भने, ‘सत्तामा पुगेपछि यस्ता सम्भावना बोकेको ठाउँहरुलाई उजागार गर्नेछु।’
उनले पोखरा २८ बाँस्तोला गाउँमा रहेको जुम्ल्याहा झरना अर्थात रोयल ट्विन्स वाटर फललाई पर्यटकीय हब बनाउने कुरा ब्यक्त गरे । जुम्ल्याहा झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सके यस क्षेत्रको मुहार फेर्ने बताए। ‘यहाँ यति सुन्दर जुम्ल्याहा झरना छ । तर प्रचार भएको छैन । अब यो झरनामा क्यानोनिङ जस्ता साहसिक जलखेल गराउन सके पर्यटकको ओइरो लाग्नेछ। ‘ उनले भने,’ यस क्षेत्रमा यी झरनाबाहेक दर्जनभन्दा झरना छन्। झरनालाई भरपुर प्रयोग गरी वाटर फल ट्रेकिङको रूपमा स्थापित गर्नेछु। ‘ उनले तत्कालीन समयमा बेलायती राजकुमारले यस क्षेत्रमा ट्रेकिङ गर्दै यही झरना भएर बेगनास ताल झरेका कुरा बताए।
त्यस्तै फोहोर व्यवस्थापन, गोरेटो बाटोको स्तर उन्नति, खुला सार्वजानिक जमिन तथा चौरहरुको संरक्षण गरी आवश्यक काममा सदुपयोग गर्ने, प्राकृतिक विपदका जोखिमबाट प्रभावित बस्तीको उचित व्यवस्थापन गर्ने,गुणस्तर शिक्षा तथा स्वास्थ्य सेवा, स्वरोजगार, स्थानिय धार्मिक स्थलहरुको संरक्षण गर्ने तथा प्रवर्धनमा पहलकदमी गर्ने उनको भनाई छ ।
नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ‘क’ तर्फ खगराज अधिकारी र ‘ख’ तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन