पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ (२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । अन्नपूर्ण गाउँपालिका–३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताएका हुन् ।
यहि क्षेत्रका निवर्तमान सांसद समेत रहेका पहारीले अघिल्लो पटक जनताले विजयी गराएर पठाएपछि चुनावका बेला गरेको केहि प्रतिवद्धता पुरा गर्न नसकेको औल्याए । ‘जनताले अनुभुती गर्ने गरि काम ग¥यांै, तर केहि बाँकी रहे, तिनै अधुरा काम पुरा गर्न फेरी मेरो उम्मेवारी हो’–पहारीले भने ।
अघिल्लो कार्यकालमा अँधेरी खोलामा झोलुङे पुल निर्माण गरिएको, मुख्यमन्त्री वातावरण नमुना कृषि गाउँ कार्यक्रम अन्नपूर्ण गाउँपालिकामै सञ्चालन गरिएको, धारापानी–शिवालय मार्ग, पत्थर–मरौंचे–भदौरे मार्गको स्तरोन्नती लगायतका कामहरु भएको जनाउँदै केहि योजनाहरु पुरा गर्न नपाउँदै सरकार ढलेकाले योजनाहरु अधुरा रहेको बताए ।
‘अँधेरी खोलामा पक्की पुलका लागि डिपिआर बनेको छ, यहाँको पैह्रो व्यवस्थापनका लागि ठोस योजना अघि सारिएको छ, हिले–काहुँडाँडा बाटोको स्तरोन्नती गर्नुछ, कृषियोग्य क्षेत्रमा सिंचाइको व्यवस्थापन गर्नुछ’–उनले भने, ‘यसका लागि पनि फेरी जनताले मलाई साथ दिनुहुनेमा विश्वस्त छु ।’
उनले सामाजिक विकृती विसंगति विरुद्ध आमा तथा युवा समुहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन