कास्की २ बाट उम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासी भूमिहीनको समस्या समाधान गर्ने बताएका छन् । शुक्रबार पोखरा १७ बेलघारी टोलमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताएका हुन् ।
गठबन्धनको सरकारको पालामा नै कास्कीमा सुकुम्बासीहरुको हित हुने काम भएकाले आफू निर्वाचित भएपछि पनि त्यसलाई निरन्तरता दिने उनले बताए । गठबन्धन सरकारको पालामा राष्ट्रिय भूमि आयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए ।
संविधानको रक्षा गर्दै जनताप्रति उत्तरदायी हुने उनको प्रतिवद्धता छ । पोखरा १७ क्षेत्र कृषिका लागि योग्य भएकाले पनि त्यसमा ध्यान दिने उनले बताए । स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पु¥याउने उनको प्रतिवद्धता छ । वडा भित्र रहेको पातले छागों, गुप्तेश्वर गुफा, ड्याम साईड, गुम्बा लगायत पर्यटन क्षेत्रको विकासमा लागि पर्ने उनको भनाई थियो । पोखराबाट लेखनाथ छुट्याउने, निर्मलपोरी र कृष्टिनाच्नेचौर लाई छुट्टाएर २ वटा वडा बनाउने गरी मिलेसम्म पुर्नसंरचनामा ध्यान दिने उनले बताए ।
गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताएका छन् । पोखरा महानगरपालिका १७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले यस्तो वताएका हुन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने उनको दावी थियो । राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको अनुभुति गर्न नपाएको बताए । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं,’ उनले भने ।
यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ काहुँमा मतदातासँग भेटघाट गर्दै उम्मेदवार थापाले जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिने बताए । सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो । पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको ज्वाला फुटाइने बताएका छन् । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु,’ उनले भने ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु