पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताएका छन् ।
पोखरा महानगरपालिका १७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले यस्तो वताएका हुन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने उनको दावी थियो । राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको अनुभुति गर्न नपाएको बताए । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं ।’ उनले भने ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले गरिब, महिला सुकुम्बासी र भुमीहिनको समस्या समाधान गर्ने आश्वासन दिए । संबिधान अनुकुल नियम बनाउँदै, संविधानप्रति उत्तरदायी हुदै काम गर्ने प्रतिवद्धता पनि बरालले व्यक्त गरे । ‘जनताप्रति उत्तरदायी हुनेछु । कृषि क्षेत्रलाई अघि बढाउने छु, स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार लैजाने वातावरणको सिर्जना गर्छ ।’ उनले भने । उनले पर्यटनको बिकास अघि बनाउन चासो दिन्छु र भुमिका खेल्ने बाचा पनि गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार बृन्दादेवी रानाले संविधानको रक्षा, स्थायी सरकार सञ्चालन र मुलुकको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि गठबन्धन आवश्यक परेको छ बताईन् । उनले प्रदेश सभा सदस्यका उम्मेदवार विश्व प्रकाशले फेवाताललाई जीवन्त रहने काम गर्नु भएकोले विकास मात्रै नभई संरक्षणका लागि पनि लामिछानेले जित्नुपर्ने बताईन् ।
नेकपा (एकीकृत समाजवादी) का कास्की जिल्ला उपाध्यक्ष झपेन्द्रराज रेग्मीले गठबन्धनका उम्मेदवारले मतदातासँग गरेको प्रतिवद्धता पुरा गर्ने भएकाले गठबन्धनको पक्षमा मत दिन आग्रह गरे । अहिले गठबन्धन बिना सरकार चल्न नसक्ने अवस्था आएको बताउँदै उनले विपक्षी गठबन्धनले जितेमा देशमा फेरी अस्थिरता निम्तिने जिकीर गरे ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु