पोखरा, १ मंसीर । कास्की २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई स्वप्नद्रष्टा हुन् । उनको भिजन र उनको योग्यताका कारण उनका योजनाका पारखी धेरै छन् ।
कुनै बेला त्रिभुवन विश्वविद्यलायमा सहप्राध्यापक रहेकी भट्टराई स्पष्ट वक्ता र एक निर्भिक, निडर र खटिरहने स्वभावकी नेतृ हुन् । कास्की २ बाट अघिल्लो पटक उपनिर्वाचन जितेर सदन गएकी भट्टराईले जम्माजम्मी साढे २ वर्षमात्र काम गर्न पाइन् । नयाँ योजना, युवा सोच, रुपान्तरणकारी योजनालाई मूलधारमा ल्याउन भट्टराईको सोच फेरि सदन जाने छ ।
कास्की २ बाट उम्मेदवार बनेकी भट्टराईले यहाँको मौलिक विशेषता र कास्की २ लाई समग्र रुपमा कसरी हेर्छिन् त ? उनकै भनाइमाः
कास्की २ पहिलो कुरा गुफाहरुको क्षेत्र हो । यहाँ सेती नदी पनि छ । प्राकृतिक सौन्दर्यले पोखरा २ धनी छ । पोखरा महानगरका ११ वडा यस क्षेत्रमा समावेश छन् । पोखरा महानगरलाई कस्तो बनाउने भन्ने गुरुयोजना हामीसँग भयो भने अरु क्षेत्रमा पनि कार्यान्वयन गर्न सकिन्छ । मैले भन्ने गरेको छु, कास्की २ मा पोखराका ११ वडा भएकाले महानगरको अवधारणाबाट विकास गर्नु पर्छ । सहर विकास गरिन्छ भने विकाससँगै कुरुपता पनि निर्माण हुन सक्ने जोखिम रहन्छ । हामी डराइरहेका छौं, विकास गर्दा प्राकृतिक कुरुपता ल्याउँछ कि भनेर त्रसित छौं । त्रसित हुनुभन्दा पोखरेलीसँग भएको मोडललाई छलफल गरेर अघि बढ्छौं । एकीकृत सहरी विकास मात्रै होइन, महानगरीय विकासको धारणाबाट यस क्षेत्रको विकासलाई अघि बढाउनुपर्छ ।
यहाँ चमेरे गुफा, महेन्द्र गुफा छन् । रवीन्द्रजी पर्यटनमन्त्री हुँदा ती गुफा विकासका लागि योजना बनाइसक्नुभएको थियो । काहुँ धरहरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ भनेर भन्नुभएको थियो, मट्टिखानलाई पनि सोही योजना थियो । ती काम बाँकी छन् । पोखरालाई पर्यटकीय राजधानी बनाउने हो भने हिजो सुरु गरेका कामलाई सम्पन्न गर्नुपर्छ । पोखराको सबल पक्ष प्राकृतिक सम्पदालाई सहरीकरणले हनन् गर्न नसकोस् भनेर हामी सचेत हुनुपर्छ । सेती नदी हाम्रो पहिचान हो, यसको संरक्षण र सौन्दर्यकरण गर्नुुपर्छ । यसको योजना विकास गरिसकेको छु, सौन्दर्यकरण गर्न सक्यौं भने सेतीको पहिचान कायम गर्न सकिन्छ । योजना पनि छ, कार्यान्वयन गर्नुपर्छ । महानगर विकास हुँदै जाँदा सामाजिक असुरक्षा पनि बढ्दै जान सक्छ, त्यसमा हामी अहिलेबाट नै सचेत बनेर सुरक्षीत बनाउन लाग्नुपर्छ । यो क्षेत्रका सबै व्यवसायी, पर्यटनकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियान्ता, प्राध्यापकसँग अन्तरक्रिया गरेर अघि बढ्ने योजना छ ।
सम्बन्धित खबर
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य