गोरखाको एक मतदानस्थल नजिकै शंकास्पद वस्तु फेला

गोरखाको एक मतदानस्थल नजिकै शंकास्पद वस्तु फेला

bomm

गोरखा । गोरखाको एक मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला परेको छ।

आज बिहान गोरखा नगरपालिका–८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखि ६५ मिटर टाढा तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीसहित सशस्त्र र जनपथ प्रहरीको थप टोली समेत सो स्थानमा खटिएका छन्। उक्त मतदान स्थलमा मतदान भने जारी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ