पोखरा । गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।
गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई बधाई ज्ञापन समेत गरे । ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ । यहि मसिर ४ गते सम्पन्न भएको निर्बाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र अमूल्य मतका लागि कास्की ३(२) का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन अभियानका क्रममा प्राप्त बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा, पार्टी पंक्ति नेता÷कार्यकर्ताको समसाथप्रति म आभारी छु’–पहारीले भनेका छन् ।
पहारीले विगत दुई महिनादेखि सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी नेता÷कार्यकर्ता कमरेडहरु, घर दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, अभियानमा जुटेका साथीहरु, मतदानकै लागि देश बिदेशबाट छुट्टी मिलाएर आएका शुभचिन्तक, माहौल सिर्जना गर्न अहोपात्र खटिने सिर्जनशिल कलाकार र स्वयंसेवकहरु सबैप्रति कृतज्ञ रहेको जनाएका छन् । ‘भौतिक रुपमा उपस्थित हुन नसके पनि विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । निर्बाचन अभियानको सार्थक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु–पहारीले आभार वक्तव्यमा उल्लेख गरेका छन् ।
निर्वाचन पराजयको जिम्मेदवारी आँफैले लिंदै उनले भनेका छन्– ‘निर्बाचन जित्दा मेरो कारणले र हार्दा अरुका कारणले भनि आरोप प्रत्यारोप प्रवृत्तिबाट माथि उठि यस प्रतिकूल परिणामको नैतिक जिम्मेवारी म मेरै काँधमा लिन्छु । यस परिणामको ठण्डा दिमागले बस्तुनिष्ठ समिक्षा गर्दै यसलाई भबिष्यको राजनीतिक मार्ग दिशाकालागि पाठको रुपमा ग्रहण गर्ने बाचा गर्दछु ।’
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो