पोखराकाे न्यूरोडस्थित सिटिजन फर्निचर ट्रेड लिंकले मानव सेवा आश्रममा कक्ष निर्माण गरिदिने भएको छ । पोखरा २५ हेम्जा बाबियातरामा संचालित आश्रमको निर्माणाधिन भवनमा एउटा कक्ष सिटिजनले बनाइदिने भएको हो ।
सिटिजनका संचालक दीपक कार्कीले यसका लागि ५ लाख ५५ हजार ५५५ रुपैंया हस्तान्तरण गर्ने घोषणा गरेका छन् । आफू प्रमोटर रहेको एभरेष्ट मिडिया हाउसको दोस्रो वार्षिकोत्सवका अवसरमा आश्रम पुगेका कार्कीले कक्ष निर्माण गरिदिने बताएका हुन् ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले पनि एउटा कोठा निर्माण गरिदिने भएको छ । आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप १ लाख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

यसअघि एफएम सञ्चालन शुभारम्भको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो ।
आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृृद्धिको लागि ‘मानवताको लागि संगीतिक यात्रा’ भन्ने नाराका साथ पोखरामा आगामी पुष १२ गते नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । कन्सर्ट पोखराको नयाँबजार स्थित प्रदशनी केन्द्रमा हुने आश्रमका प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो