पोखरा। मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथाम सम्वन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ ।
आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
तालिम पोखरा महानगरपालिका वडा कार्यालय ५ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा सम्पन्न भएको थियो । पहिलो चरणमा पोखरा वडा नं. ५ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि, विद्यालयका प्रतिनिधिलगाएत ४५ जना तालिममा सहभागि रहेका कोशिशले जनाएको छ ।
तालिम मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या हुन सक्ने सम्भाव्यताको अध्ययन गर्दै यसको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको थियो । तालिममा मुख्य प्रशिक्षक कोशिशका विनय पाण्डेले प्रशिक्षण गराएका थिएभने कार्यक्रम संयोजक कोशिशका सुदिप घिमिरे, मानव अधिकारकर्मी खिमलाल सुवेदी, शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी र कोशिशकी नविना आचार्यले सहजीकरण गरेका थिए । औपचारिक कार्यक्रम पोखरा वडा नं. ५का वडाध्यक्ष विष्णु प्रसाद बरालको प्रमुख आतिथ्यता र वडा ५ कै जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीले अध्यक्षता गरेकी थिइन् ।
तालिममा मन स्वास्थ्य भए सबै राम्रो हुदै जानेहुँदा मन स्वस्थ राख्नुपर्नेमा जोड दिइएको थियो । मनलाई स्वस्थ राख्न सके आत्महत्यालाई न्युनीकरण गर्न सकिने तालिममा सिकाइएको थियो । तालिमपश्चात आत्महत्या न्यूनीकरणमा आफूले भुमिका खेल्ने प्रशिक्षार्थीले प्रतिवद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’