पोखरा जेसीजको बर्ष २०२३ का लागि अध्यक्षमा गणेश गिरी निर्वाचित भएका छन् । हालै सम्पन्न संस्थाको ४३ औँ शाखा अधिवेशन तथा ४८ औँ वार्षिक साधारणसभाले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको कार्यकारिणाी उपाध्यक्षमा सुमन पहारी निर्वाचित भए । अध्यक्षसहित एक जना कार्यकारीणी उपाध्यक्ष, ४ जना उपाध्यक्ष तथा ४ जना निर्देशक निर्वाचित रहने संस्थाको उपाध्यक्षहरुमा सञ्जय पौडेल, राजकुमार गुरुङ्ग, राजकुमार बोहरा र प्रबेश लामिछाने निर्बिरोध चयन भए । त्यसैगरी, निर्देशकहरुमा मिना थापामगर, जबिन महर्जन, नवराज पौडेल र राजेन्द्र रानाभाट निर्बिरोध चुनिए ।
निवर्तमान अध्यक्ष मिनराज खड्का विधानत रहने समितिमा नवनिर्वाचित अध्यक्ष गिरीले कानुनी सल्लाहकारमा भाइराज रानामगर, महासचिवमा कमलराज पराजुली, कोषाध्यक्ष श्रीकृष्ण सुनार, सचिव तिलक प्रसाद लामिछाने, सहकोषाध्यक्ष कपिल पौडेल, शाखा सम्पादक सन्तोष लामिछाने, प्रकरण निर्देशक नारायण प्रसाद बास्तोला, बृद्धि सभापति सुदिप सापकोटा, तालिम आयुक्त कुशल पौडेल, अनुगमन सभापति प्रकाश घिमिरेलाई मनोनित गरेका छन् ।
पूर्व अध्यक्ष शिव प्रसाद सापकोटाले निर्वाचन आयुक्त एवं पूर्व अध्यक्ष किरण केसीले अधिवेशन निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए ।
साधारणसभाको उद्घाटन पोखरा उच्च अदालतका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले गरेका थिए । कार्यक्रममा नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार गोविन्द देवकोटा, नेपाल जेसीज बर्ष २०१६ का राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङ्ग सहित पोखरा जेसीजका पूर्वअध्यक्षहरु, विभिन्न शाखा जेसीजका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
वर्र्ष २०२२ का अध्यक्ष मिनराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव प्रकाश घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सञ्चालन सचिव इभिक कर्माचार्यले गरेका थिए ।
समुद्घाटन पश्चात् सोहि दिन बर्ष २०२२ को शाखा प्रकरण “सफलताका लागि सहकार्य” बिषयमा प्रकरण गोष्ठि समेत सम्पन्न भएको थियो । उक्त प्रकरणमा मुख्य वक्ताको रुपमा शैक्षिक तथा समाजसेवी व्यक्तित्व ला ग्राण्डी इन्टरन्ेशनल कलेजका अध्यक्ष देवराज चालिसेलाइ निम्त्याइएको थियो भने सफलताका लागि सहकार्य बिषयमा पोखरा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशन सुजन रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
बार्षिक साधारणसभा अन्तर्गत शाखाले बर्ष भरी सम्पन्न गरेका कामहरुको प्रगति तथा प्रतिवेदन छलफल तथा अनुमोदन गर्नका साथै विभिन्न महत्वपूर्ण बिषयहरुमाथि छलफल गरेका थिए ।
छात्रवृत्ति तथा अवार्ड प्रदान
साधारणसभाको अवसरमा पोखरा जेसीजले विभिन्न पदक, अवार्ड तथा छात्रवृत्तिहरु प्रदान गरेको छ । जस अन्र्तगत पोखरा ११ र १२ वडा भित्रका कम्तिमा एक जना कक्षा १२ का गरिब तथा जेहेन्दार बिध्यार्थीलाइ प्रदान गरिने बर्ष २०२१ मा स्थापित ‘साथी छात्रवृत्ति’ यस बर्ष पोखरा ११ स्थित शिवशक्ति मा.वि कक्षा १२ का धनबिर नाल्बो, पोखरा १२ स्थित शितलादेवी सामुदायिक मा.वि कक्षा १२ का शिशिर अधिकरी, पोखरा १३ स्थित भद्रकाली मा.वि कक्षा ११ का लक्ष्मी भण्डारीलाइ प्रदान गरिएको छ ।
त्यसै गरी प्रत्येक बर्ष एसईईमा कास्की जिल्लाबाट उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाइ प्रदान गरिने “मीन अवार्ड” अमरसिंह नमुना मा.वि.का स्नेहा रिमाल तथा कक्षा १२ मा कास्की जिल्ला बाट उत्कृष्ट अंक ल्याउने १÷१ जना छात्र तथा छात्रालाई प्रदान गरिने “जेसीज विद्या पदक” छात्रातर्फ अमरसिंह नमुना मा.वि.का ज्ञानमाया नुगेली, छात्रतर्फ पनि अमरसिंह नमुना मा.वि.कै सुदिप खनाललाई प्रदान गरिएको थियो ।
पोखरा १८ स्थित मणिज्योती आधारभुत बिद्यालयका २÷२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने बेलायती नागरिक डेनियल इ केनिद्वारा स्थापित अवार्ड “डेनियल इ केनि वृत्ति” यस बर्ष नानुमाया थापा मगर, प्रशंशा नेपाली, साहिल नेपाली र लक्ष्मण नेपालीलाई प्रदान गरिएको छ।
पोखरा जेसीजका बिभिन्न बिधा अन्तर्गत बर्षभरी उत्कृष्ट समन्वय गरे वापत ‘मिलेर गरौँ अवार्ड’ बाट कमलराज पराजुली, सञ्चालक समिति सदस्यहरु मध्ये उत्कृष्टलाई प्रदान गरिने ’टेकलक्ष्मी–श्याम अवार्ड’बाट श्रीकृष्ण सुनार, उत्कृष्ट साधारण सदस्यलाई प्रदान गरिने ‘नारायण–लक्ष्मी अवार्ड’ बाट मिना थापामगर र नवआगन्तुक सदस्यहरु मध्ये उत्कृष्टलाई प्रदान गरिने ‘नेटिज रनिङ्ग अवार्ड’बाट सुजन पोख्रेललाई सम्मान गरिएको थियो । पोखरा जेसीजको सदस्यहरुबीच आयोजना गरिने वक्तृत्वकला प्रतियोगितको विजेतालाई प्रदान गरिने ‘अमृत–शोभा ओ¥याटरी अवार्ड” यस बर्ष दिनेश थापाले प्राप्त गरेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु