पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भोलि (शनिबार) देखि फुटवल प्रतियोगिता सुरु भएको छ। औपचारिक रुपमा यही मंसिर २० गते देखि पोखरामा १३ औं संस्करणको नेसनल प्याब्सन खेलकुद महोत्सव हुने भए पनि अनौपचारिक रुपमा भने शनिबार देखि सिनियर छात्र तर्फ फुटवल र जुनियर छात्र तर्फ भने सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको हो ।
पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटवल खेल शनिबार बिहानदेखि सुरु भएको फुटवल खेल संयोजक राजु केसीले बताए । उनका अनुसार जुनियर तर्फको फुटवल खेल भद्रकालिको माछापोखरी खेल मैदानमा हुने भएको छ । शनिबार देखि मंसिर १९ गतेसम्म दैनिक ५/६ वटा खेलहरु हुने भएको सह कृयाकलाप संयोजक समेत रहेका केसीले जनाए । प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको उनले बताए । पोखरा रंगशालामा शनिबार विहान बड्र्स एकेडेमी र नेश्नल क्रियसन बिच पहिलो खेल हुने भएको छ । जुनियर तर्फको पहिलो खेल भने कास्की मोडनाइज एकेडेमि र सिद्धिविनायक बोर्डिङ स्कुल बिच खेल हुने भएको हो ।
मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीले बताए । “एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त महोत्सवले विद्यार्थीको सर्वाङ्ग विकासको लागि खेलकूद अपरिहार्य रहने अधिकारीले बताए । उक्त महोत्सवमा छात्र तथा छात्रा तर्फको एथ्लेटिक्स,पुरुष फुटवल, पुरुष तर्फको बास्केटवल, महिला तथा पुरुष तर्फको व्याडमिन्टन, महिला तर्फको भलिवल लगायतका इभेण्टमा खेलहरु हुने भएको छ । मंसिर २० गते शुक्रबार राखेपका सदस्य सचिब टंकलाल घिसिङबाट उक्त महोत्सवको उद्घाटन गर्ने कार्यव्रmम तय भएको आयोजकले जनाएको छ । त्यसै गरी बास्केटवल खेल संयोजक राजु कायस्थ, व्यडमिन्टन खेल संयोजक अर्जुन अधिकारी, टि.टि. खेल संयोजक शिवराज पौडेल, भलिवल संयोजक प्रकाशराज वाग्ले र मार्च पार्स संयोजक कमल बहादुर मल्लले आफ्नो तयारी तिव्र पारेको दाबी गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन