पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गरेको छ।
“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारा सहित सञ्चालित अभियानमा अन्तर्गत सचेतना र्याली, अन्तरकृया, कोणसभा गर्दै आएको हो।
कास्की जिल्ला महासंघको आयोजना तथा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पोखरा २५ हेमजामा र्याली तथा कोणसभाको आयोजना गरियो।
समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर लाग्नु पर्नेमा सभाका बक्ताहरुले जोड दिएका थिए।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले लैङ्गिक हिंसा समाजको विकासको वाधक भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोला र गण्डकी अध्यक्ष कालिदास सुवेदीले घरघरमा हुने हिंसालाई लुकाउन नहुनेमा जोड दिंदै लैङ्गिक हिंसा रहित समाज निर्माणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।
जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पार्वती अधिकारी सुवेदी, फुर्केटारी सामुदायिक वन समुहका सचिव रमा त्रिपाठी लगायतले लैङ्गिक हिंसा विरुद्धमा संगठित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
त्यसअघि लैङ्गिक हिंसा तथा सामुदायिक वन अधिकारका बारेमा लेखिएका प्लेकार्ड सहितको र्यालीले हेमजा बजार परिक्रममा गरि मध्येपहाडी लोकमार्गको मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?