पोखरा । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नेपालका विभिन्न समुदायले आ–आफ्नै संस्कार र शैली अनुसार मनाउँदै छन्।
धान भित्र्याएपछि मंसिर शुक्ल पूर्णिमाका दिन धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ धानको चामल र त्यसैको पीठोको सेल, बाबर र पुरी मालपुवा बनाएर देवी देवतालाई चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
यस दिन क्षेत्री तथा ब्राह्मण समुदायले देवी देवताका मन्दिर तथा थानहरुमा दूधधार तथा बली दिएर देवाली पनि मनाउने गर्दछन्। कतिपयले यसै दिन कुल पूजा पनि गर्ने गर्दछन्। नेवार समुदायले भने यो दिनलाई योमरी पुन्हीको रुपमा मनाउने गर्दछन्। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि छ।
यस दिनलाई उपत्यकामा ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ। ज्यापु दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम र र्यालीहरु निकाल्ने गरिन्छ। उता, पूर्वी पहाडका किरात समुदायले भने आजको दिनलाई उधौली पर्वको रुपमा मनाउने गर्दछन्। यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ। किरात समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउछन्। आजैदेखि जाडो छल्न उधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको हो। पूजापछि साकेला नाच्ने गरिन्छ।
सम्बन्धित खबर
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरिँदै
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य
सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कनुस्, लडाइँ बाँकी छ: सपना प्रधान मल्ल (मन्तव्यको पूर्णपाठ)
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य