पोखरा । हेमोफिलिया सोसाइटी नेपाल, गण्डकी प्रदेश कमिटिको अध्यक्षमा श्रीकृष्ण पौडेल चयन भएका छन् । सोसाइटीको शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. भरत बहादुर खत्रीको प्रमुख आतिथ्यता एवं सोसाइटी प्रदेश समिति उपाध्यक्ष बालकृष्ण मल्लको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका फिजियोथेरापिस्ट डा. अजित पाण्डे तथा ल्याब टेक्निसियन राजेन्द्र पौडेल, हेमोफिलीया सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष मुकुन्दमणि घिमिरे, महासचिव रेशमलाल रानाभाट, केन्द्रीय सदस्य सन्दिप खत्री, प्रिति थापा तथा सदस्य सेवा अधिकृत गायत्री मगराती लगायतको उपस्थिति रहेको थियो ।
हेमोफिलिया सोसाइटी नेपाल का केन्द्रीय अध्यक्ष मुकुन्दमणि घिमिरेले प्रदेश सरकार तथा पोखरा महानगरपालिकाबाट बिनियोजित रकमले औषधि खरिद गरेको र अब हरेक जिल्लामा सेवा केन्द्र खोल्ने बताउँदै हालसम्म काठमाडौंमा मात्र हेमोफिलिया पहिचान उपकरण भएकोमा अब गण्डकी प्रदेशबाट पनि सञ्चालन गर्ने तथा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा हेमोफिलिया सेवा केन्द्र तत्कालै सञ्चालन गर्न सम्बन्धित निकाय संग सहकार्य गर्ने जानकारी दिए ।
महासचिव रेशमलाल रानाभाटले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ वटा जिल्लामा ८९ जना रहेको तथ्यांक रहेतापनि अझ थप हुने आँकलन सहित पहिचान गर्नुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रति १० हजार मा १ जना हेमोफिलिक जन्मने तथ्यांक रहेतापनि नेपालमा पहिचान नभएकै कारण तथ्यांक आउन नसकेको उल्लेख गरे । साथै, नेपाल सरकारबाट आवश्यक पहल अझै हुन नसकेको हुँदा सरकारको ध्यानाकर्षण समेत गराए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले हेमोफिलिया सोसाइटीको समस्या समाधान गरी संस्थाको सिस्टम बसालेर काम गर्ने बताए । साथै, गण्डकी प्रदेशका हरेक स्थानिय तह तथा गण्डकी प्रदेश सरकारबाट बजेट बिनियोजन गरी काम गर्ने सम्बन्धित निकायसंग समन्वय गर्ने तथा आफ्नो कार्यकालमा हेमोफेलिकबीच नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम साथै सीपमुलक कार्यक्रम संचालन गर्ने बताए ।
कोहि व्यक्ति औषधि उपचारबाट बन्चित हुन नहुने र सबैमा पहुँच पुर्याउने कुरा समेत उल्लेख गर्दै संस्था सञ्चालनमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाई छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’