धारिलो हतियार प्रहारबाट महिलाको हत्या

धारिलो हतियार प्रहारबाट महिलाको हत्या

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या भएको छ।

बटेश्वर गाँउपालिका–५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवका हत्या भएको हो।

आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो। उनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए। हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो। प्रहरीले भने वीरेन्द्रमाथि पनि शंकाको घेरामा राखेको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds