पोखरा । नारायणगढ–मुग्लिन सडकखण्डमा आज मंगलबारदेखि दैनिक चार घण्टा घण्टा बन्द हुने भएको छ।
सडकखण्डमा पर्ने पुलहरुको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन रोकिने छ। भौगोलिक रूपमा कठिन सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ। मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्यांकरलगायत भारी सवारी साधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ।
काठमाडौंबाट जाने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारी साधनलाई बेनीटारदेखि मस्र्याङ्दी पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ। काठमाडौंतर्फबाट जाने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरेनीमा बिहान १०ः४५ बजे रोकिने छ। एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने बताइएको छ।
नारायणगढ–मुग्लिन सडक खण्डमा २० पुल रहेका छन्। तीमध्ये पाँच पुल बनिसकेका छन्। बाँकी पुल बन्ने चरणमा रहेका छन्। आउँदो असारसम्ममा १० वटा पुल निर्माण सक्ने गरी कामअघि बढाइएको बताइएको छ । २०७६ साल चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। आउँदो ९ गते सम्झौताको अवधि सकिँदै छ। विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो। यस्तै, सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने बताइएको छ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो