पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले बुधबार पोखरा वृद्धाश्रममा आर्थिक सहयोग गरेको छ ।
समाजको १२ औं अधिवेशनबाट निर्वाचित रामप्रसाद पाण्डे (राजु) नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलास्थित वृद्धाश्रममा पुगेर आर्थिक सहयोग गरेको हो ।
सहयोग रकम ११ हजार ८१५ रुपैयाँ नगद रहेको छ । समाजका अध्यक्ष पाण्डेले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष पराजुलीले धादिङ समाजले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताए । साथै, उनले समाजले विगतमा पनि वृद्धाश्रममा आएर सहयोग गरेको स्मरण गर्दै अहिले गरिएको आर्थिक सहयोग निकै महत्वपूर्ण हुने स्पष्ट पारे ।
समाजका अध्यक्ष पाण्डेले समाजले स्थापनाकालदेखि नै थुप्रै सामाजिक कार्य गर्दै आइरहेको स्पष्ट पार्दै आफ्नो कार्यकालको शुरुआत मानवीय सेवाबाट गर्न खोजिएको बताए । उनले वृद्धाश्रमका लागि आगामी दिनमा पनि के कस्तो सहयोग गर्न सकिन्छ त्यस विषयमा ध्यान दिने बताए ।
त्यसअघि समाजमा निवर्तमान अध्यक्ष गोकर्ण लम्सालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पद हस्तान्तरण गरेका थिए भने निवर्तमान महासचिव सरस्वती श्रेष्ठ सरुले नवनिर्वाचित महासचिव हरि पन्तलाई बैठक पुस्तिका हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा निर्वाचन समिति संयोजक एवं पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्य एवं पूर्व अध्यक्ष बलराम खतिवडा, पूर्व अध्यक्ष झम्क सारु मगर, हरि अर्यालले शुभकामना व्यक्त गरेका थिए ।
उक्त अवसरमा समाजका पूर्वअध्यक्ष स्वर्गीय रुद्रप्रसाद खनालको तस्वीरमा माल्यार्पण गरि स्मरण गरिएको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’