कास्कीका क्रियाशील पत्रकार, प्रेस चौतारी कास्कीका कार्यसमिति सदस्य अनिता घिमिरेलाई मातृशोक परेको छ । उनकी ममतामयी माता देवकला घिमिरेको ८४ वर्षको उमेरमा मंगलबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
गत वर्ष प्यारालाइसिस भएपछि पोखरामै ल्याएर उपचार हुँदै आएको थियो । दमबाट समेत पीडित उनलाई शनिबार एक्कासि हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो ।
देवकलाका ५ भाइ छोराहरु (कृष्णप्रसाद, स्व.बलराम, शिवप्रसाद, स्व.उपेन्द्र घिमिरे र गोकर्ण) र ३ बहिनी छोरीहरु (स्व. अम्बिका ज्ञवाली, मिठु नेपाल र अनिता घिमिरे) छन् ।
स्व. देवकलाको पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीमा मंगलबार नै अन्त्येष्टी हुने नाति भुवन घिमिरेले बताए । यही वर्षको जेठमा पाल्पाको तानसेन–१४, कुसेनीमा आमाको चौरासीपूजा भएको थियो । अनिताले अघिल्लो वर्ष कोरोनामा आफ्ना माहिला दाइ बलराम घिमिरे, दिदी अम्बिका ज्ञवाली र भिनाजु प्रकाश ज्ञवालीलाई समेत गुमाएकी थिइन्।
प्रेस चौतारी कास्कीले कार्यसमिति सदस्य घिमिरेकी आमाको निधनमा शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । सचिव रञ्जन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ– ‘यस दुःखद् घडीमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ मातृशोकमा रहनुभएकी सहकर्मी घिमिरेसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष विमला भण्डारीले पनि मातृशोकमा रहेकी पत्रकार घिमिरेलाई भेटी समवेदना प्रकट गरेकी छन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो