कास्कीका क्रियाशील पत्रकार, प्रेस चौतारी कास्कीका कार्यसमिति सदस्य अनिता घिमिरेलाई मातृशोक परेको छ । उनकी ममतामयी माता देवकला घिमिरेको ८४ वर्षको उमेरमा मंगलबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
गत वर्ष प्यारालाइसिस भएपछि पोखरामै ल्याएर उपचार हुँदै आएको थियो । दमबाट समेत पीडित उनलाई शनिबार एक्कासि हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो ।
देवकलाका ५ भाइ छोराहरु (कृष्णप्रसाद, स्व.बलराम, शिवप्रसाद, स्व.उपेन्द्र घिमिरे र गोकर्ण) र ३ बहिनी छोरीहरु (स्व. अम्बिका ज्ञवाली, मिठु नेपाल र अनिता घिमिरे) छन् ।
स्व. देवकलाको पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीमा मंगलबार नै अन्त्येष्टी हुने नाति भुवन घिमिरेले बताए । यही वर्षको जेठमा पाल्पाको तानसेन–१४, कुसेनीमा आमाको चौरासीपूजा भएको थियो । अनिताले अघिल्लो वर्ष कोरोनामा आफ्ना माहिला दाइ बलराम घिमिरे, दिदी अम्बिका ज्ञवाली र भिनाजु प्रकाश ज्ञवालीलाई समेत गुमाएकी थिइन्।
प्रेस चौतारी कास्कीले कार्यसमिति सदस्य घिमिरेकी आमाको निधनमा शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । सचिव रञ्जन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ– ‘यस दुःखद् घडीमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ मातृशोकमा रहनुभएकी सहकर्मी घिमिरेसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष विमला भण्डारीले पनि मातृशोकमा रहेकी पत्रकार घिमिरेलाई भेटी समवेदना प्रकट गरेकी छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’