पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आफ्नो ३६ औँ स्थापना दिवस शुक्रबार रक्तदान कार्यक्रम गरी मनाइएको छ । संघले बार्षिकोत्सवको उपलक्षमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको छ ।
संघले आश्रमको भवन निर्माणका लागि भन्दै नगद रु पच्चिस हजारको चेक हस्तान्तरण गरेको नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले बताए।
संघको ३६ औँ वार्षिक उत्सव मनाइरहदा मानवताका नाताले आफुहरुले आश्रमलाई सहयोग गरेको प्रमुख अथिति तथा नेपाल निर्माण व्यवसायी माहासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले बताए । त्यस्तै नेपाल निर्माण व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष टंकराज बरालले संघ सदैव समाज सेवामा रहेकोे बताउदै स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम जस्तो सेवा मुलक र प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउँदा सन्तुष्टि समेत मिलेको बताए ।
संघले बार्षिकोत्सवकै अवसरमा रक्तदान जीवनदान भन्ने मुल नारा सहित विगतका वर्षहरुमा जस्तै रक्तदान कार्यक्रम समेत गरेको हो । कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ । संघका सदस्य तथा व्यवसायी मित्रमणी तिमिल्सीनाले ज्येष्ठ रक्तदाताका रुपमा रक्तदान गरि रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । यस पटक सम्म गरी तिमिल्सीनाले ३१ औँ पटक रक्तदान गरेका हुन् । यस्तै सङ्घका कास्की जिल्ला अध्यक्ष गुरुङले १४ औँ पटक रक्तदान गरेका हुन् ।
यसका अलावा सङ्घले शुक्रबार देखि नै पोखरा–७ टुरिष्ट बसपार्कमा रहेको आफ्नो कार्यलयको भुईतलामा रहेको शौचालय सर्वसाधारणका लागि खुला गरेको छ । देशभर चलेको अभियान र पोखरा महानगरले ल्याएको अवधारणामा सहयोग गर्ने उद्धेश्यका साथ सङ्घले शौचालय सर्वसाधारणका लागि खुला गरेको जनाएको छ । आफ्नो कार्यलय टुरिष्ट बसपार्क नजिकै भएको कारण मानिसहरुलाई शौचका लागि समस्या नजिकबाट नियालेको भन्दै सोही समस्या आउन नदिनका लागि पनि शौचालय प्रयोगमा ल्याइएकोे सङ्घका पूर्व अध्यक्ष सुरेश श्रेष्डले बताए ।
स्थापना दिवसका अवसरमा सङ्घले वर्षेनी सेवामुलक कार्यक्रमहरु गर्दै आएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन