पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुलनाराका साथ ३ वर्षदेखि पोखरालाई केन्द्र मानेर निरन्तर संचालन भएको हाइकिङ भाग ३० को श्रृङ्खला गत शनिबार मादी गाउपालिका वडा नं. ६ स्थित थाक गाउँमा सम्पन्न भएको छ ।
पहिलोपटक हाईकिङमा सहभागी पोखरा उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य तथा पोखरा ग्राण्ड टुर्स एण्ड ट्रावल्सका संचालक किर्तिभल्लव त्रिवाठीले राज्यको लगानी विना पर्यटनको विकासमा योगदान दिने कार्य गरेकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिएका थिए । उनले आफ्ना ग्राहकका लागि डे हाइक तथा सर्ट ट्रेकिङ रुटको रुपमा थाकलाई प्रमोसन गर्ने पनि बताए ।
हाइकिङमा सहभागी अर्का पर्यटन व्यवसायी कृष्ण क्षेत्रीले ग्रामिण क्षेत्रको प्रबद्र्धनमा हाइकर्स क्लबले खेलेको भुमिका अतुलनिय रहेको वताउँदै हरेक महिनाको अन्तिम शनिबार हुने हाइकिङलाई १५/१५ दिनमा गर्न सुझाव दिएका थिए ।

अहिलेको जिवन सैली अत्यन्तै व्यस्ततामा वितिरहेकोले महिनाको कम्तिमा एक पटक ७/८ घण्टा हिड्नु र ग्रामिण परिवेशको अध्ययन अवलोकन गर्नुले व्यक्तिको कार्य क्षमतामा वृद्धि हुनुका साथै महिना भरीको थकान मेटिने हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटले बताए ।
स्थापनाको समयदेखि हाइकिङमा सहभागी हुँदै आएका रेडियो सफलताका संचालक मधु अधिकारीले हाइृकिङमा सहभागीहरुको रुचि वड्दै गएकोले सम्बन्धित निकायमा दर्ता गरेर विधिवत रुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
शनिबार विहान ८ वजे पोखरा १३ काहुँखोलामा भेला भइ सार्वजनिक बसमा थाकसम्म गएको र दिन भर थाक गाउँमा अवलोकन भ्रमण, एकआपसमा परिचय तथा स्थानीय समाजसेवी उमेश मगरले खानपिनको व्यवस्थापन गरेको सो हाइकिङमा गृहणी, विद्यार्थी, व्यवसायी समेत १८ जनाको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह