काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रधान गरिने भएको छ।
इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीले यस अवार्डको पाँचौं संस्करणको विजेता घोषणा गर्न इसा कल्चरल सेन्टरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो ।
इसा अवार्ड सेर्विस टु ह्युम्यानिटी २०२१ –२०२२ बाट नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ तथा मानवसेवाकर्मी डा. रुइत सम्मानित हुनेछन् । बहराइनका राजाका विशेष प्रतिनिधि तथा इशा अवार्ड बोर्डका अध्यक्ष हिज हाइनेस शेख मोहम्मद विन मुवारक अल खालिफाले मनामास्थित ईशा सांस्कृतिक केन्द्रमा आयोजित सार्वजनिक घोषणा समारोहमा ईशाअवार्डको पाँचौं संस्करणको लागि डा. रुइत विजयी भएको घोषणा गरेका थिए ।
इशा अवार्ड सचिवालयले अवार्डका लागि प्राप्त मनोनयनहरुमध्येबाट छनोट चरणका विभिन्न प्रक्रिया र मूल्याङ्कनबाट विजयी छनोट गरेको हो। मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई नवीन प्रविधि विकास, गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउन उनले पु¥याएको विशिष्ट योगदानको निम्ति योग्य ठहरिएका हुन्।
डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।
यस पटकको अवार्डका लागि विश्वभरका १४५ जना उम्मेदवारहरूले आवेदन दिएका थिए।
अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’