काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रधान गरिने भएको छ।
इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीले यस अवार्डको पाँचौं संस्करणको विजेता घोषणा गर्न इसा कल्चरल सेन्टरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो ।
इसा अवार्ड सेर्विस टु ह्युम्यानिटी २०२१ –२०२२ बाट नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ तथा मानवसेवाकर्मी डा. रुइत सम्मानित हुनेछन् । बहराइनका राजाका विशेष प्रतिनिधि तथा इशा अवार्ड बोर्डका अध्यक्ष हिज हाइनेस शेख मोहम्मद विन मुवारक अल खालिफाले मनामास्थित ईशा सांस्कृतिक केन्द्रमा आयोजित सार्वजनिक घोषणा समारोहमा ईशाअवार्डको पाँचौं संस्करणको लागि डा. रुइत विजयी भएको घोषणा गरेका थिए ।
इशा अवार्ड सचिवालयले अवार्डका लागि प्राप्त मनोनयनहरुमध्येबाट छनोट चरणका विभिन्न प्रक्रिया र मूल्याङ्कनबाट विजयी छनोट गरेको हो। मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई नवीन प्रविधि विकास, गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउन उनले पु¥याएको विशिष्ट योगदानको निम्ति योग्य ठहरिएका हुन्।
डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।
यस पटकको अवार्डका लागि विश्वभरका १४५ जना उम्मेदवारहरूले आवेदन दिएका थिए।
अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु