पोखरा । आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलद्वारा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।
वडा कार्यालय भवन निर्माणका लागि रु १ करोड ८८ लाखको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु १ करोड ३९ लाख १२ हजार १ सय ३१ रुपैयाँमा श्री विवेक एण्ड कुवेर। श्री विद्यामोहन जे. भी स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको थियो । २०७८ साल साउन ४ गते सम्झौता भई २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ वटा कोठा सहित एउटा हल रहेको पालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गरे।
“जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो ।” पौडेलले बताए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताए ।
गाउँपालिकाका अं सबईन्जिनियर सुन्दर पौडेलले संचालन गरेको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, उपाध्यक्ष सिता थापाको विशेष आतिथ्यता र वडा नं २ का वडा अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षता रहेको थियो । त्यसैगरी आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं १ का वडा अध्यक्ष पवन काजी अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सिंह बहादुर क्षेत्री, वडा नं ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरू, वडा नं ६ का वडा अध्यक्ष नबिन ढकाल, गाउँकार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरू र गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन