काठमाडौं । सर्भरमा समस्या आउँदा झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।
सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले बाहिरबाट ह्याकरहरुले सर्भरमा आक्रमण गरेका कारण सरकारी वेबसाइट बन्द भएको बताए ।
‘प्रारम्भिक रुपमा हेर्दा बाहिरबाट आक्रमण भएको देखिएको छ, तर उनीहरुले पूरै कब्जा जमाउन नपाएकाले हामीले केही समयमै वेबसाइटलाई सञ्चालन गर्न सफल भयौँ’, पोखरेलले भने । वेबसाइट डाउन हुँदा सरकारी सेवा प्रवाह ठप्प भएको थियो ।
अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका थिए । अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् ।
सम्बन्धित खबर
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
रविको देउवालाई प्रश्न : डेढ वर्ष प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
१३ बर्षका बालकसहित ७ जनाको कुटाइबाट ट्राफिक प्रहरी जवानको हत्या
माधव नेपालको प्रष्टीकरण- प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शंका नगरे हुन्छ
कांग्रेसले रवि लामिछानेको नामै किट्नुपर्छ भनेकाले सहमति भएन
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग