नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका सबै पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्।
काठमाण्डाैकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार रबिले भर्खरै नागरिकता लिएका छन् । उनको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो ।
लामिछानेले नागरिकता लिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। उनी बाहिरिँदै गर्दा जिल्ला प्रशासन कार्यालय परिसरमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाण्डू पुगेर लामिछानेले अमेरिकी नागरिकता लिएपछि स्वतः खारेज भएको भनिएको नेपाली नागरिकता सक्रिय गराएका हुन्।
लामो समय अमेरिका बसेर फर्किएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः खारेज भएको फैसला सर्वोच्च अदालतले शुक्रवार गरेको थियो।
नागरिकता ऐन र नियमावलीमा नेपालको नागरिकता पुन: प्राप्तिका लागि विदेशको नागरिकता त्यागेको निस्सा सहित मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ। यस्तो निस्सा दर्ता भएकै दिनदेखि नेपालको नागरिकता कायम हुने कानुनी व्यवस्था छ।
लामिछानेले अन्य सेवाग्राही सरह लाइन लागेर नागरिकता लिएको उनका वकिलले बताएका छन्। “अब त नेपाली नागरिक हुनु भयो। अब आजै निर्वाचन आयोग पुगेर पार्टी सभापति पद पनि जगाउने भन्ने कुरा भएको छ,” उनका एक जना वकिलले सञ्चारकर्मीहरूसँग भने।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो