पोखरामा शहिद दिवस मनाइयो

पोखरामा शहिद दिवस मनाइयो

CJ3A6688

पोखरा । पोखरामा शहिदहरुको स्मृतिमा ‘शहिद दिवस–२०७९’ मनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरा शहिदचोकस्थित शहिद स्तम्भमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायत मन्त्रीहरुले माल्र्यापण गर्दै शहिद दिवस मनाएको हो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले शहिदहरुको योगदानको सधै कदर गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँगै आर्थिक मामिला तथा योजनामन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगर, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, कृषिमन्त्री बेद बहादुर गुरुङ, पर्यटनमन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, पोखरा महानगरका मेयर धनराज आचार्य तथा उपमेयर मञ्जुदेवी गुरुङ तथा प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ