पोखरा । एस.आई. यूके कन्सल्टेन्सीले पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ आयोजना गर्ने भएको छ। यही माघ २२ (फेब्रुअरी ५) गते पोखरामा हुने एजुकेशन फेयरको तयारी पुरा भएको कन्सल्टेन्सी पोखराका प्रमुख सागरबाबु गिरीले बताए ।
युकेमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित २५ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउने भएका हुन् ।
फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्मार्ट फोन, फिल्म टिकट र उत्कृष्ट पाँच जना विद्यार्थीलाई हवाई टिकटलगायत विभिन्न उपहार प्रदान गरिने एस आई युके कन्सल्टेन्सीका प्रमुख गिरीले जानकारी दिए ।
पहिलो पटक युकेलाई नै केन्द्र बनाएर हुन लागेको फेयर पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायरमा माघ २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
फेयरमा सहभागी भएर विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी लिन एस.आई.युके कन्सल्टेन्सीले आग्रह समते गरेको छ ।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग