वैदेशिक अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ज्ञान करिअर ईन्स्टिच्यूट प्रालिले क्यानडियन एजुकेशनल वेभिनारको आयोजना गरेको छ । शैक्षिक परामर्शदाता कम्पनी ज्ञान ईन्स्टिच्यूटले विद्यार्थीहरुलाई वेभिनारमा सहभागी भई क्यानडा अध्ययनका लागि आवश्यक सम्पूर्ण कुराहरुको जानकारी लिन आह्वान समेत गरेको छ ।
‘स्टडी ईन क्यानडा वेभिनार’ फेब्रअरी ४ अर्थात माघ २१ गते शनिबार विहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार वेभिनारमा भाग लिनका लागि विद्यार्थीहरुले अनलाईनमार्फत दर्ता गर्नुपर्ने हुन्छ । कम्पनीको अफिसियल वेभसाईट र फेसबुक पेजमा राखिएको लिंकमार्फत विद्यार्थीहरुले वेभिनारको लागि रजिष्ट्रेशन गर्न सक्ने ईन्स्टिच्यूटकी प्रबन्धन निर्देशक अकृजा पोखरेलले बताईन् ।
‘यो क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि निकै गज्जबको अवसर हो । किनभने विद्यार्थीहरुले सोझै क्यानडाको यूनिभर्सिटी र कलेजका प्रतिनीधिहरुसँग त्यहाँको शैक्षिक प्रणाली, शैक्षिक स्थिती र अध्यापन शैलीको विषयमा जानकारी लिन सक्नेछन् ।’ पोखरेलले भनिन्-‘म सकेसम्म अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुले यो वेभिनार नछुटाउन भन्ने चाहन्छु ।’
वेभिनारमा क्यानडाका २० भन्दा बढि कलेज तथा युनिभर्सिटीका प्रतिनीधिहरुले विद्यार्थीहरुलाई सहजीकरण गर्नेछन् । वेभिनारमा विद्यार्थीहरुले क्यानडा अध्ययनका लागि आवश्यक प्रकृया, त्यहाँको कलेजहरु र ती कलेजले पढाउने विभिन्न विषयगत कक्षाहरुको बारेमा जानकारी लिन सक्नेछन् । साथै वेभिनारमा सहभागी विद्यार्थीहरुले अनलाईनमार्फत तत्काल भर्ना रजिष्ट्रेशन गर्ने मौका पाउनुका साथै क्यानडियन कलेज तथा यूनिभर्सिटीबाट पाउने छात्रवृत्ति समेत पाउनेछन् ।
वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको लागि क्यानडा सबैभन्दा धेरै रोजाईमा पर्ने मुलुक हो । अष्ट्रेलिया र अमेरिकापछि सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययनका लागि क्यानडा जान चाहने रेकर्डले देखाउँछ । विश्वस्तरीय अध्यापन शैली र अध्ययनपश्चात रोजगारीको पनि अवसर हुने भएकोले नेपाली विद्यार्थीहरुको अत्याधिक रोजाईमा क्यानडा पर्दै आएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन