पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई अर्पण गरिने भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेका तीन प्रतिभा सूचीबाट भण्डारीलाई सम्मान अर्पण गर्ने समाजको शुक्रवार सम्पन्न बैठकले निर्णय गरेको हो ।
प्रतिभा छनौट समितिको सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला रहेका थिए । यस्तै पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी र संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारी रहेका थिए ।
भण्डारीलाई १० हजार एक सय नगद राशि दोसल्लासहित सम्मान अर्पण गर्न लागिएको संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिए ।
आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी र नाति÷बुहारीद्वय सविन÷सुमित्रा र अश्विन÷कल्पना जिसीको परिवारबाट स्थापना गरिएको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गर्दै आएको छ । अक्षयकोशको राशि हाल १ लाख ६१ हजार एक सय ११ रहेको छ ।
लायन्स क्लब अफ पोखरा अर्पण, ओम् शिवशक्ति कल्याणी केन्द्र पोखरा र क्षत्री महिला समाज नेपालकी संस्थापक अध्यक्ष डा. भण्डारी साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील प्रतिभा हुन् ।
नासु तोरणबहादुर खत्री र गौरी केसीको कोखबाट पोखरा १९ लामाचौरमा जन्मेकी भण्डारीका ‘केही सुसेली ः केही सुस्केरा’ कवितासङ्ग्रह, ‘संगम’ र ‘जिन्दगीको दोसाँधमा’ दुई मुक्तकसङ्ग्रह प्रकाशित छन् ।
‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका : लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारी सिर्जना साहित्य सदन घाचोक र हेमजा साहित्य प्रतिष्ठानकी संरक्षकसमेत रहेकी छन् ।
उक्त पुरस्कार नाट्यसम्राट बालकृष्ण समको १२१ औं सम जयन्ती समारोहका सन्दर्भमा माघ २४ गते अर्पण गरिने निधो भएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह