पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक वर्षको पुरस्कार वितरण कार्यक्रममा ट्यालेन्ट शाे तथा अनुशासनमा उत्कृष्ट भएकाहरुलाई पनि पुरस्कार वितरण गरिएको थियाे ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले प्रतिभामा छाेराछाेरी भर्नाका लागि पुग्दा सिट संख्या अपुग भएर भर्ना गर्न नसकिएका अभिभावकहरुको गुनासाे शिक्षा महाशाखामा आइपुग्दा प्रतिभा शिक्षा र नतिजाका क्षेत्रमा निकै अगाडि रहेकाे पाएकाे बताए । उनले विद्यालयमा सूचना र प्रविधिको माध्यमबाट विद्यालयको पठनपाठन भएकोमा आफू खुसी भएको पनि उल्लेख गरे ।
कार्यक्रममा बोल्दै प्रतिभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताए ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयको प्रगति विवरण तथा भावी योजनाहरु प्रस्तुत गर्दै विद्यालयभित्र अझ नवीनतम सोच र नवीनतम कार्यक्रमका साथ सम्पूर्ण छोरा छोराहरुको समुज्ज्वल भविष्यलाई अगाडि बढाउनका लागि आफूलाई विद्यालय सञ्चालक समितिले संस्थापक प्राचार्यको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारीलाई हार्दिकतापूर्ण ग्रहण गरेको बताए ।
विद्यालयले शैक्षिकसत्र २०७८सालको शैक्षिक पुरस्कारका साथै अतिरिक्त क्रियाकलापका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका अभिभावक तथा कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धरले शुभकामना मन्तव्य दिएका थिए भने विद्यालयका सह प्राचार्य बुद्धिमोहन पौडेल र विद्यार्थी जस्मिना मल्लले स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य प्रदीप खनाल, शिक्षकहरु प्रकाश अधिकारी, पद्मा पराजुली, अनिता गुरुङ, भगवती सुबेदी तथा विद्यार्थीहरु जस्विना मल्ल, सेरिना खत्री, सम्पूर्ण पौडेल र स्वीकृति ताम्राकारले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयको तर्फबाट सहप्राचार्य बुद्धिमोहन पौडेल र विद्यार्थीको तर्फबाट जस्विना मल्लले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेकाे विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु