पोखरा । बिषयगत प्रर्दशनी सहित पोखरा १७ स्थित बिरुवा (पाल्पाली) मार्गमा रहेको एक्स आर्मी पब्लिक स्कुलको २३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बिषयगत प्रर्दशनी तथा रोवर्ट प्रर्दशनी सहित शनिबार बिद्यालयको २३ औं बार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह २०७९ सम्पन्न भएको बिद्यालयका प्राचार्य मोहनलाल पौडेलले बताए ।
बार्षिकोत्सवको अवसरमा बिद्यालयले जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी, सदस्य विक्रम गुरुङ लगायतलाई सम्मान गरेको बिद्यालयले जनाएको छ ।
उक्त अवसरमा बिद्यालयले जग्गा धनि कविराज आचार्य, शिक्षिका मिना पोख्रेल, जमुना थापा र शारदा केसी तथा कर्मचारी मैना कुमारी खाँडलाई सम्मान गरेको छ ।
शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका प्रसाद आचार्यले उक्त कार्यक्रमको उद्घाटन गर्दै बिद्यार्थीहरुको गुणस्तरिय विकासमा बिद्यालयहरुले बिषेश ध्यान दिनुपर्नेमा जोड दिए ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन खड्ग बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, बिद्यालय संचालक समितिका अध्यक्ष युवा व्यवसायी गोपाल बराल,
सृजना माविका प्राचार्य डोलराज पाण्डे, पूर्व बिद्यार्थी एन्जीला सुवेदी, शिक्षक कृष्ण काफ्ले लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए । कक्षा ७ का बिद्यार्थीहरुले निर्माण गरेको रोवर्ट, बिज्ञान, सामाजिक, नेपाली, अगेंजी, गणित, चित्रकला, हस्तलेखन सम्बन्धि प्रि—प्रावि देखि प्लस टु सम्मका बिषयगत प्रर्दशनी गरिएको बिद्यालय संचालक समितिका अध्यक्ष बरालले बताए । यसमा अभिभावकहरुले निकै रुचिका साथ अवलोकन गरेको उनले जनाए । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृति कार्यक्रम समेत प्रस्तुतः गरेको बिद्यालयका शिक्षक अम्बिका बरालले बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु