पोखरा । गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले पोखरा १७ मा रहेको सहारा एकेडेमीको अवलोकन भ्रमण गरेका छन्। सहारा क्लवको निमन्त्रणमा शुक्रबार एकेडेमी अवलोकन गर्दै मन्त्री गुरुङले सहारा एकेडेमीको हालको फुटवल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन तथा एकेडेमी सहितको दोविल्ला बस्ती संरक्षणको लागि खोला नियन्त्रणमा विशेष पहल गर्ने बताएका छन्।
क्लवको पहलमा दोविल्लामा निकै राम्रो भवन सहितको फुटवल मैदान निर्माण भएकोले अब उक्त मैदानलाई पोखराको बैकल्पिक फुटवल मैदान बनाउन आवश्यक भएको उनले जनाए । मन्त्री गुरुङले प्रदेशले सकेसम्म प्रदेशबाट अन्यथा केन्द्रबाट पहल गरेर भए पनि बस्ती सहित एकेडेमीको बृद्धि विकासमा केही न केही सहयोग गर्ने बताएका छन्। एकेडेमीका वालकहरुलाई मेसी, रोनाल्डो जस्तो खेलाडीको रुपमा आफ्नो खेल कौशल प्रदर्शन गर्न आग्रह गर्दै मन्त्री गुरुङले खेलाडीहरुलाई परेको पिर मर्काको बिषयमा न्याय दिलाउन बिशेष पहल गर्ने जनाए । एउटा राम्रो खेलाडीले आफ्नो बाबु, आमा, समाज , क्षेत्र, प्रदेश, देश र अन्तराष्ट्रिय स्तरमा नाम सहजै कमाउन सकिने हुदा खेलकुदमा सपना देख्न युवा बर्गलाई आग्रह गरे ।
आफु राप्रपाबाट मन्त्री भए पनि मन्त्री रहदासम्म सबै जनताको समान रुपमा काम गर्ने बताउदै मन्त्री गुरुङले कुनै कर्मचारीहरु नियुक्ति गर्दा राजनीति भन्दा पनि क्षमतावान व्यक्तिलाई नै नियुक्ति गर्ने दाबी गरे । मन्त्री गुरुङलाई क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज), सल्लाहकारहरु महेश गुरुङ, सुनिल गुरुङ, पूर्व अध्यक्षहरु विरभद्र आचार्य, केशव थापा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतको सहभागिता रहेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लवले अब छिट्टै ३० जना वालकहरु पुनः राख्ने तयारी गरेको बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए । क्लवको गतिविधिको बारेमा मन्त्री गुरुङ समक्ष जानकारी गराउदै अध्यक्ष सुरजले प्रदेश खेलकुद सदस्य सचिवमा योग्य र सक्षम व्यक्ति ल्याउन माग गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन