पोखरा । होटल पौवाले नेपाली चार्ड पर्वलाई हर्स र उल्लाहासका साथ मनाउन थालेको छ । पोखराको लेकसाइडमा रहेको होटल पौवाको शाखाले पनि महाशिव रात्रि पर्वको अवसरमा शनिबार होटलमा साँझ भजनकृतन सहित प्रसाद वितरण गर्ने भएको हो ।
नेपाली चार्ड पर्वहरुको महत्व घट्दै गएको अबस्थामा नेपाली चार्ड पर्वको नयाँ पुस्तालाई बुझाउदै नेपाली पर्वको प्रबद्र्धन गर्न नेपाली चार्ड पर्व सामुहिक रुपमा मनाउन थालिएको होटल पौवा पोखरा शाखाका व्यवस्थापक राजेन्द्र बस्यालले बताए । माघे सक्राति पर्वको अवसरमा समेत होटलमा आएका पाहुनाको साथमा होटल वरपरका स्थानियलाई समेत निम्तो दिदै सामुहिक रुपमा माघे सक्राति पर्व मनाएको होटल पौवाले महाशिव रात्रि पर्व पनि पाहुना र स्थानिय बिच मनाउने भएको उनले जनाए ।
यसैबिच, केदारेश्वर महादेव मणि मन्दिरमा होटल पौवाले शनिबार शिवरात्रि पर्वको अवसरमा पिउने पानी, चिया र प्रसाद रुपमा वितरण गर्ने भएको छ ।
शिवरात्रि पर्वको अवसरमा होटल पौवाका सबै शाखाहरुमा विशेष पुजा गर्दै साझ ५ बजेपछि बुलुका १०ः०० बजेसम्म भजनकृर्तनमा आगन्तुक पाहुना र स्थानीयलाई मनोरन्जन दिलाउने भएकोे व्यबस्थापक बस्यालले बताए । ‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम हुने भएको हो ।
वुटवल, भैरहवा, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, धनगढी, जुम्ला लगायतका स्थानमा शाखा विस्तार गरेको होटल पौवाले काठमाडौं, चितवन र जनकपुरमा भने केही बर्षमा शाखा विस्तार गर्ने योजना बनाएको होटल व्यबस्थापन समितिले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन